‘टुर दी पोखरा’ भोलिदेखि, कार्यक्रमको सम्पूर्ण तयारी पूरा


     एभरेस्ट आवाज    
     पौष ५ गते २०७९ मा प्रकाशित




पोखरा । साइकल संस्कृति बसाउन पोखरामा बुधबारबाट शुरु हुने छैटौं संस्करणको ‘टुर दी पोखरा’ को सम्पूर्ण तयारी पूरा भएको छ ।

साइकल सिटी पोखराको आयोजनामा ‘थोपा थोपा ईन्धन बचाऔं’ भन्ने नाराका साथ त्रिदिवसीय कार्यक्रमका शुरु लागेको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार पहिलो दिन भोलि दोश्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता–२०१९ हुने साइकल सिटी पोखराका संयोजक राजन गोंगजुले जानकारी दिए । पोखरा महानगरपालिकासँगको सहकार्यमा महिला, पुरुष र ४० वर्ष माथिको गरेर तीन ईभेन्टमा प्रतिष्पर्धा हुने उनले बताए । उनका अनुसार सबै ईभेन्टमा प्रथम हुनेलाई ३० हजार, दोश्रो हुनेलाई २० हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना हुनेलाई २/२ जनालाई ५/५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक गोंगजुले जानकारी दिए ।

‘टुर दी पोखरा’ कार्यक्रम अन्तर्गत पुस ७ गते साइकल ¥याली आयोजना हुने भएको छ । मन्दिरदेखि मन्दिरसम्म जोड्ने अभियान अन्तर्गत बागलुङको कालिका मन्दिरदेखि पोखराको विन्ध्यबासिनी मन्दिरसम्म (बहत्तर किलोमिटर) साइकल ¥याली हुने साइकल सिटी पोखराका संस्थापक अध्यक्ष प्रकाश बज्राचार्यले जानकारी दिए ।

त्यस्तै, ‘टुर दी पोखरा’को मुख्य कार्यक्रम अन्तर्गत अन्तिम दिन पुस ९ गते बृहद साइकल ¥याली आयोजना गरिने जनाइएको छ । पोखराको प्रदर्शनी केन्द्रबाट शुरु हुने बृहद साइकल ¥याली नयाबजार, महेन्द्रपल, पालिखेचोक, तेर्सापट्टी, नालामुख, विन्ध्यबासिनी मन्दिर, वागबजार, टुँडिखेल, हरिचोक, मिरुवा, जिरोकिलोमिटर, सभागृहचोक, विपीचोक, महेन्द्रपुल, रानीपौवा, शितलादेवी मन्दिर, भद्रकाली स्कुल, मियापाटन, ३२ केभी, अमरसिंहचोक, कालिकाचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोकहुँदै पुनः प्रदर्शनी केन्द्र नयाबजारमै आएर समापन हुने संस्थापक अध्यक्ष बज्राचार्यले जानकारी दिए ।

¥यालीमा बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) जोडीको उपस्थिति रहने उनले बताए । उनका अनुसार हरिवंशले साइकल नै चलाएर ¥यालीमा सहभागिता जनाउनेछन् ।

सो दिनको ¥याली अघि रक्तदान कार्यक्रम हुनेछ भने ¥याली समापनपछि स्लो साइकल रेस प्रतियोगिता तथा सांगीतिक कार्यक्रम हुने आयोजक साइकल सिटी पोखराका अध्यक्ष अभिषेक कोईरालाले जानकारी दिए ।

साइकल सिटी पोखराले विगत ६ वर्षदेखिे ‘टुर दी पोखरा’ कार्यक्रम निरन्तर सञ्चालन गर्दै आइरहेको छ । यसअघि संस्थाले सन् २०१५ मा ‘स्वस्थ मुटु सबैका लागि, जहिलेपनि जहाँपनि’ भन्ने नाराका साथ ‘टुर दी पोखरा’को शुभारम्भ गरेको थियो भने २०१६ मा ‘पावर योर लाईफ’, २०१७ मा ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ र सन २०१८ १८ मा ‘बोसो पगाल, ईन्धन नबाल’, २०१९ मा ‘बर्न फ्याट नट फ्यूल’ भन्ने नाराका साथ आयोजना गरेको थियो । सन २०२० र २०२१ मा भने कोभिडका कारण यो कार्यक्रम भएको थिएन । तर कोभिड संक्रमण घटेर जनजीवन सामान्य बनेसँगै साइकल सिटी पोखराले यो कार्यक्रमलाई निरन्तरता दिएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।