‘आठौं पेक टेक एक्सपो’को तयारी पुरा, भोलिदेखि प्रर्दशनी हुँदै


     एभरेस्ट आवाज    
     पौष ७ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा इञ्जिनियरिङ कलेजको आयोजनामा हुन लागेको ‘आठौं पेक टेक एक्सपो–२०२२’ को तयरी पुरा भएको छ ।

कलेजमा अध्यनरत विद्यार्थीहरुको अन्र्तनिहित प्रतिभाको प्रस्फुटन गर्ने उद्देश्यसहित यही पौष ८ गते (भोलि) र ९ गते शनिबार गर्न लागिएको एक्पोको सम्मूर्ण तयारी पुरा भएको कलेजले बिहीबार क्याम्पसमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

कलेजमा विद्यार्थीले आफूले सिकेका, बुझेका ज्ञान तथा आफूमा अन्र्तनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यसहित सन् २००२ देखि प्रत्येक २–२ वर्षको अन्तरमा प्रर्दशनी गरिँदै आएको क्याम्पसका प्रिन्सीपल रोजना जोशीले जानकारी दिइन् ।

पोखरा–८ फिर्केस्थित क्याम्पसमा नै सञ्चालन हुने एक्पोमा इञ्जिनियरिङ, विज्ञान प्रविधिसँग सम्बन्धी विभिन्न ३८ बढी स्टलहरु रहने कलेजले जनाएको छ । आयोजकका अनुसार प्रर्दशनीमा प्रविधि प्रर्दशनी, अन्तर क्याम्पस सफ्टवेयर प्रतियोगिता, आर्किटेक्चरल डिजाईन तथा मोडल, कम्यूटर सम्बन्धी खेल, स्टल डिजाइन तथा प्रोजेक्ट प्रर्दशनी तथा विज्ञान प्रविधि लगायत थुप्रै जानकरीमुलक स्टलहरु रहने छन् ।

प्रर्दशनीमा आयोजक कलेजसहित बाहिरबाटपनि विभिन्न क्याम्पसहरुको सहभागिता रहने प्रिन्सिपल जोशीले जानकारी दिइन् । उनका अनुसार सिभिल र कम्प्युटरतर्फ ३–३ र आर्किटेकतर्फ २ वटा गरि ८ वटा बाहिरी कलेजहरुले सहभागिता जनाउँदै छन् ।

कलेजले शुक्रबार विहान ९ बजेबाट शुरु हुने प्रर्दशनीमा आम शिक्षण संस्था, अभिभावक, विद्यार्थीहरु तथा इञ्जिनियरिङ तथा सूचना प्रविधिमा चासो राख्ने आम सर्वसाधरणलाई अवलोकनका लागि उपस्थित हुन आग्रह गरेको छ । प्रर्दशनीमा प्रवेश निःशूल्क गरिएको छ ।

सन् १९९९ मा स्थापान भएको सो कलेज काठमाण्डौं बाहिर स्नातक तहमा इञ्जिनियरिङ विषयमा अध्यापन गराउने पहिलो हो । कलेजमा स्तानोत्तर, स्नातक, डिप्लोमाका साथै प्रि–डिप्लोमा तहमा अध्यापन हुँदै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।