चितवनमा बोलेरो जिप दुर्घटनामा २ को मृत्यु


     एभरेस्ट आवाज    
     मंसिर २६ गते २०७७ मा प्रकाशित




सांकेतिक तस्विर

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।


चितवनको इच्छाकामना गाउँपालिका ६ जलबिरे नजिक जलबिरे – चण्डीभञ्ज्याङ ग्रामीण सडकमा भएको ना ४ च ५०५० नम्वरको बोलेरो जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


दुर्घटनामा ११ जना घाइते भएका छन् ।


प्रहरीका अनुसार बोलेरो आफैं अनियन्त्रित भई सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।