देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ:अध्यक्ष नेपाल


     एभरेस्ट आवाज    
     पौष १८ गते २०७९ मा प्रकाशित




नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देश र नागरिकको हितलाई केन्द्रमा राखेर आफ्नो पार्टी अघि बढ्ने बताएका छन् ।

आजदेखि काठमाडाँैमा सुरु भएको पार्टीको तेस्रो पोलिटब्युरो बैठकमा बोल्दै अध्यक्ष नेपालले देशको पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा गरेर आफूहरु अघि बढ्ने बताए। उनले आरोपप्रत्यारोपको राजनीति गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पनि बताए ।

अध्यक्ष नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीभित्रै रहेर ती समस्या समाधान गरेर अघि बढ्ने आफूहरुको प्रयास सफल हुन नसक्दा नयाँ पार्टी खोलेर अघि बढ्नु परेको तथ्य बुझ्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

उनले आफूहरुबाट केही गल्ती भए सच्चिन तयार रहेको उल्लेख गर्दै कसैलाई पनि पानीमाथिको ओभानो बन्ने प्रयास नगर्न चेतावनी दिए । आजदेखि सुरु भएको बैठकमा चुनावको समीक्षा, पार्टीको भावि नीति र कार्यक्रमबारे छलफल हुने नेकपा (एकीकृत समाजवादी) पार्टीले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।