कांग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि


     एभरेस्ट आवाज    
     मंसिर २७ गते २०७७ मा प्रकाशित




नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ। नेता सिटौलालाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो। शुक्रबार स्वाब दिएका उनको पिसीआर रिपोर्ट पोजिटिभ आएको सिटौला स्वयम्ले शनिबार विहान सामाजिक सञ्जाल फेसवुकमार्फत जानकारी दिएका हुन् ।

सिटौलाले आफ्नो स्वास्थ्य अवस्थामा सामान्य रहेको र होम आईसोलेसनमा रहेको जनाएका छन् । साथै उनले आफूसँग सम्पर्कमा रहेकाहरुलाई साबधानी अप्नाउन आग्रह गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।