यस वर्ष निर्वाचन गर्ने प्रधानमन्त्रीको घोषणा


     एभरेस्ट आवाज    
     पौष १९ गते २०७९ मा प्रकाशित




लिबियाका प्रधानमन्त्री अब्दुल हमेद दिबेबहले लिबियामा यसवर्ष आम निर्वाचन गर्ने तयारी गरिएको बतााएका छन् । उनले सन् २०२३ मा आम निर्वाचन गर्नेगरी तयारी गरिएको जानकारी दिएको समाचारमा जनाइएको छ ।

उनले सन् २०२३ मा निर्वाचन गर्नका लागि सरकार र त्यहाँको राष्ट्रिय निर्वाचन आयोगले आवश्यक तयारी गरेको जानकारी दिएका हुन ।यसअघि सन् २०२१ मा पनि त्यहाँ आमनिर्वाचनको तयारी गरिएको थियो । तर त्यहाँका राजनीतिक दलहरुका बीचमा अन्तिममा आएर विवाद बढेपछि आम निर्वाचन रोकिएको थियो ।

प्रधानमन्त्री अब्दुल हमेद दिबेबहले यस वर्ष लिबियाका लागि निर्वाचन वर्ष हुनेछ भन्दै यसका लागि देशका सबै क्षेत्र र वर्गका नागरिक तथा विभिन्न राजनीतिक दल र सबै सङ्घसंस्थाहरुले सहयोग गर्ने बचन दिएका पनि उनले बताए ।

साथै प्रधानमन्त्री अब्दुल हमेद दिबेबहले लिबियाका हत्या हिंसाको राजनीतिको अन्त्य गरेर विद्रोही समूहहरुलाई पनि शान्ति वार्ताको माध्यमबाट देशको विकासमा सहभागी गराउने उनले बताए ।

सन् २०११ मा त्यहाँका नागरिकले गरेको आन्दोलनबाट माउमर गद्दाफिको सत्ता सत्याएपछि लिबियाले प्रजातान्त्रिक शासनका लागि संघर्ष गरिरहेको छ ।तर यहाँ विभिन्न विद्रोही समूहका कारण शान्ति स्थापना गरी देशमा प्रजातान्त्रिक सरकारको स्थापना गर्न सकिरहेको छैन । त्यहाँ संयुक्त राष्ट्रसङ्घीय सहयोग जारी रहेको छ ।

यसअघि सन् २०२१ मा पनि संयुक्त राष्ट्रसङ्घको प्रयासमा निर्वाचन गर्ने भनिएको भए पनि अन्तिममा सम्भव हुन नसकेको बताइएको थियो । त्यहाँ सबै राजनीतिक दलको सहभागितामा राष्ट्रिय एकताको सरकार निर्माणको प्रयास निकै पहिलेदेखि जारी रहेको बताइएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।