महिलाहरुलाई आत्मनिर्भर बनाउन सिलाई कटाई तालिम शुभारम्भ


     एभरेस्ट आवाज    
     मंसिर २७ गते २०७७ मा प्रकाशित




पोखरा । सेवाका लागि युवा केन्द्रको आयेजना तथा सेवा क्यानेडाको प्रायोजनमा प्रस्याङ्मा सिलाई, कटाई तालिम सुरु भएको छ ।


विभिन्न दुर्गम क्षेत्रबाट पोखरामा आई बसोबास गर्ने विपन्न, दलित, जनजाति, पिछडिएका एवं मृगौला पिडिति महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।


शनिबार कार्यक्रमको उद्घाटन गर्दै महिला उद्यमी मिलन थापाले महिलाहरु प्राय घरायसी काममा बढी सिमित हुनेहुँदा बाहिरी अवसर गुमाउने गरेको बताइन् ।


देश विकासका निम्ति सिप अति आवश्यक रहेको भन्दै केन्द्रले हरेक वर्गलाई समेट्ने कार्य गरिरहेको प्रति उनले खुसी व्यक्त गरिन् । महिला एवं युवा जमातलाई राष्ट्रको मुल आधार बन्न स्वयमं निडर हुन आवश्यक रहेको समेत थापाको भनाई थियो ।


सोही अवसरमा सञ्जिवनी दिदीबहिनी केन्द्रका अध्यक्ष, समाजसेवी एवं सामाजिक अभियान्ता विना गुरुङले विभिन्न संधसंस्थाबाट संचालन हुने यस्ता सिपमुलक कार्यक्रममा कोही पनि बञ्चित हुन नहुने बताइन् । हरेक क्षेत्रका रहेका महिलाहरुलाई सशक्तिकरण गर्न जरुरी रहेको गुरुङको भनाई थियो ।


केन्द्रका उपाध्यक्ष पशुराम भण्डारीले समाजमा रहेका युवा, दिदीबहिनीहरुका निम्ति सिपमुलक तालिमहरु संचालन गरिरहेको भन्दै सिलाई, कटाई तालिममा करिब ३० जना महिलाहरुको सहभागिता हुने जानकारी दिइन् ।


सेवाका लागि युवाका केन्द्रिय सचिव छेवाङ कर्मा तामाङले धर्म सस्ँकृतिको संरक्षण, सृजनात्मक क्रियाकलापका साथै मानविय मुल्य मान्यतालाई आधार शिला बनाउदै सेवा भावको विकास गराउने लक्ष्य एवं उद्देश्यका साथ केन्द्र अगाडी बढिरहेको बताइन् ।


सेवाका लागि युवा केन्द्रका उपाध्यक्ष पशुराम भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन केन्द्रका कोषाध्यक्ष गोपाल गौतमले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।