पेट्रोलियम पदार्थको मूल्य बढ्यो


     एभरेस्ट आवाज    
     मंसिर २७ गते २०७७ मा प्रकाशित




काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।


निगमले शानिबार राती १२ बजेबाट लागू हने गरि डिजेल, मट्टितेल र पेट्रोलका मूल्य बढाएको हो । डिजेल, मट्टितेल र पेट्रोलको मूल्यमा २ रुपैयाँ बढेको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जानकारी दिए ।

आईओसीले १ डिसेम्बरमा नयाँ मूल्य बढाएर पठाएका कारण स्वचालित मूल्य कार्यान्वय कार्यविधि अनुसार मूूल्य समायोजन गरिएको निगमले जनाएको छ ।


यसअघि पेट्रोलको खुद्रा बिक्री मूल्य १०६ रुपैयाँ, डिजेल तथा मटितेलको मूल्य ८९ रुपैयाँ प्रतिलिटर रहेको थियो । भाउ बढेसंगै पेट्रोल प्रतिलिटर १०८ र , डिजेल तथा मटितेलको प्रतिलिटर मूल्य ९१ रुपैयाँ पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।