नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । गत सातादेखि शुरु भएको नेकपाको स्थायी कमिटी आज दिउँसो पार्टी कार्यालयमा बस्न लागेको हो ।
बैठक बसेपनि अघिल्लो बैठकमा नेकपाको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागि भएनन् । आजको बैठकमा पनि ओली सहभागि हुने नहुने अनिश्चित रहेको छ । तर ओली निकट मानिने नेकपाका महासचिव विष्णु पौडेलले बैठकमा ओली सहभागि हुने दाबी गरेका छन् । बैठकमा ओली सहभागि हुनेमा आशंका नगर्न आग्रह गर्दै उनले भने,‘बैठकपनि बस्छ, प्रधानमन्त्रीपनि सहभागि हुनुहुन्छ ।’
यसअघीको बैठकमा ओलीले २ पन्ने पत्र पठाएर आफूभने सहभागि भएनन् । सो पत्र उनका निकट पात्र ईश्वर पोखरेलले वाचन गरेर सुनाएका थिए । यो बीचमा ओलीले प्रचण्डलाई फकाउने प्रयाससमेत गरे । तर प्रचण्ड टसको मस नभएपछि अब के गर्ने भन्नेमा दुबै अध्यक्ष रणनीति बनाउन ब्यस्त रहेको बताइएको छ ।
ओलीले प्रचण्डले ल्याएको प्रस्तावलाई आरोप पत्र भन्दै आएका छन् । उनले उक्त प्रस्ताव खारेज हुनुपर्ने अडानमा छन् । तर प्रचण्ड—माधव नेपाल समूह सो प्रस्तावमा छलफल हुनुपर्नेमा दृढ छन् । जसका कारण विवाद झन् बढ्दो छ ।
आज नेकपाको बैठक बसेमा प्रस्तावमाथि छलफल शुरु हुने बताइएको छ । यसअघीको बैठकमा दुबै अध्यक्षको प्रस्ताव अध्ययनका लागि वितरण गरिएको थियो । आजको बैठकमा सो प्रस्तावका विषयमा स्थायी समिति सदस्यहरुले धारणा राख्न शुरु गर्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







