भारतीय पेन्सन क्याम्प पोखरामा माघ १ गते रक्तदान कार्यक्रम हुने


     एभरेस्ट आवाज    
     पौष २७ गते २०७९ मा प्रकाशित




पोखरा । भारतीय दुतावास पेन्सन बितरण कार्यालय (पेन्सन क्याम्प) पोखराले रक्तदान कार्यक्रम गर्ने भएको छ । पेन्सन क्याम्पका हेड क्लर्क चेतबहादुर खत्रीका अनुसार रक्त संचार केन्द्रमा रगतको अभाब हुन नदिन यहि माघ १ गते आइतबार गर्न लागिएको हो ।
“रक्तदान जिबनदान,जिबनदान महादान” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै गर्न लागिएको कार्यक्रम भारतीय पेन्सन बितरण कार्यालय रामबजारमा बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म जारीरहने बताइएको छ ।
कार्यक्रममा रक्तदान संगै निशुल्क स्वास्थ्य परिक्षण, मुख र दांत सम्बन्धि निशुल्क परिक्षण, रक्त अल्पता, क्यान्सर तथा जीवन शैली सम्बन्धित बिरामीको सचेतना कार्यक्रम पनि गरिने हेड क्लर्क खत्रीले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।