पोखरा । मानवसेवा आश्रम शाखा कार्यालय कास्की पोखराको भवन निर्माण तथा बेसहाराका लागि कोष निर्माण सहयोगार्थ यही माघ २० गतेदेखि २७ गतेसम्म महायज्ञ हुने भएको छ ।
खुला आकाशमुनि, सडकपेटी एवं सार्वजनिक स्थलमा कष्टपूर्ण जीवनयापन गरिरहेका र अनाथ मानवको उद्धार, पालन पोषण र संरक्षण गर्दै आएको मानवसेवा आश्रमको भवन निमार्ण एवं अक्षयकोष स्थापनार्थ आश्रमको भवन निर्माणस्थल हेमजास्थित बाबियातारामा उक्त महायज्ञ हुन लागेको शुक्रवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । आश्रमको भवन निर्माणका लागि आर्थिक संकलन र नियमित पालनपोषणका लागि कोष निर्माण गर्न पोखरामा श्रीमद् भागवत् ज्ञानविज्ञान महायज्ञ २०७९ गर्न लागिएको अध्यक्ष अधिकारीले बताए । कोष निर्माण गर्न सके त्यसबाट आएको व्याजले खाना, नाना र छानाको व्यवस्थापन गर्न सहज हुने महसुस गरी आश्रमले अक्षयकोषको अवधारणा पनि ल्याएको छ । उहाँहरुकै सेवाका लागि यसअघि आश्रमले नेपथ्य व्याण्डसँग मिलेर महिनाव्यापी साङ्गीतिक यात्रा सम्पन्न गरेको छ । पोखरामा आयोजित कन्सर्टबाट सम्पूर्ण खर्च कटाई कम्तिमा २२ लाख बचत भएको कोषाध्यक्ष होमनाथ तिमिल्सेनाले जानकारी दिए । महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले कथावाचन गर्ने छन् । पत्रकार सम्मेलनमा बोल्दै कथा बाचक गौत्तमले अभियानको मुखपत्रको रुपमा भुमिका निर्बाह गरि दिन आग्रह गरे । खर्च घटाउन,श्रोत जुटाउन र मानवता प्रबर्द्दन गर्न महायज्ञ गर्न लागेको उनको जिकिर थियो ।

महायज्ञका सह संयोजक बिष्णु बरालले कार्यक्रममा स्वागत गर्दै प्रचार प्रसारकालागि आग्रह गरे । कार्यक्रममा शुभकामना मन्तब्य प्रकट गर्दै पोखरा महानगरपालिका वडा नम्बर २५ का अध्यक्ष मोतिराज तिमिल्सेनाले मानब सेवा आश्रमलाई हर तरहले सघाउने प्रतिबद्दता ब्यक्त गरे । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सेनाले मानवीय कार्यमा मिडियाको सदैब साथ रहने बताए ।पत्रकार भेटघाट कार्यक्रम महायज्ञका संयोजक मोतिबहादुर थापाको अध्यक्षतामा भएको थियो ।

मानव सेवा आश्रम :
मानवसेवा आश्रम विगत १ दशकदेखि सामान्य अभिभावकत्वसमेत नपाई जीवन नै जोखिममा रहेका, सहयोगापेक्षी ९बेसहारा, अशक्त, असहाय, अभिभावकविहिन, सडक मानवको मानवोचित व्यवस्थापनका साथै औषधोपचार र जीवन रक्षाका लागि सेवा गर्दै आएको संस्था हो । यसरी आश्रमले संरक्षणमा रहेका व्यक्तिहरुलाई औषधोपचारपछि परिवार पहिचान भएमा पुनःमिलनसमेत गराउँदै आएको छ ।पोखराको छोरेपाटन र हेम्जा आश्रममा गरि अहिले १ सय ६५ जना आश्रित रहेका छन् ।
महायज्ञ कार्यक्रम तालिका :
महायज्ञमा नियमित रुपमा बिहान ७ बजेदेखि पूजा एवं पाठपारायण, ११ बजे देखि ४ बजेसम्म कथावाचन, ४ः१५ बजे आरती, साँढे ४ बजे प्रसाद ग्रहण तथा ७ बजेदेखि ९ बजेसम्म सन्ध्याकालीन भजन प्रस्तुत हुनेछ । महायज्ञ अन्तर्गत २६ गते भने लक्ष्यवर्ती दीप प्रज्ज्वलन गरिनेछ ।
सहयोग रकम र सम्मान प्रकृति :
कोही व्यक्ति वा संस्थाले मानवसेवा आश्रमको कुनै १ शाखाको भवन (मानवीय मन्दिर) निर्माणका लागि १ करोड ११ लाख १ सय ११ योगदान गरी इच्छा बमोजिम भवनको नामाकरण गर्न सकिनेछ । उक्त भवनको कोठा निर्माणका लागि योगदान गर्ने महानुभावको नाम कोठामा र अन्य दाताको नामावली शिलालेखमा राखिनेछ । आश्रमको भवन परिसरमा बागबगैँचा निर्माणका लागि योगदान गर्न चाहनेले १५ लाख ११ हजार १ सय ११ रुपैयाँ दिन सक्छन् । उक्त बगैँचामा शिलालेखमा दातारसौजन्यकर्ताको नामावली राखिनेछ । एक कोठा निर्माण अभियान अन्र्तगत ५ लाख ११ हजार १ सय ११ रकम योगदान गर्न सकिनेछ । देशभर निर्माण भइरहेको भवनका लागि सहयोग जुटाउन योगदान एक पटकको, स्मरण सँधैभरको अभियान अन्तर्गत १ कोठा निर्माण खर्च योगदान गर्न चाहनेले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ दिन सक्छन् । यसरी निर्माण भएको कोठाको नामाकरण र समुद्घाटन दाताकै इच्छा अनुसार हुनेछ । यसका साथै भान्सा, भोजन कक्ष, अतिथि गृह, मेडिकल कक्ष, थेरापी कक्ष, शौचालय, अभियन्ता तथा स्वयंसेवक आवास, गार्डेन ९बाग बगैंचा० लगायत निर्माणमा योगदान गर्न सकिनेछ । यसरी निर्माण हुने संरचनाको नामाकरण र उद्घाटन दाताकै इच्छा अनुसार हुनेछ । लक्ष्मी नारायण मन्दिर र धर्मशाला निर्माणका लागि स्वेच्छाले सहयोग गर्न मिल्छ । अक्षयकोषतर्फ ५ लाख ११ हजार १ सय ११ सहयोग उपलब्ध गराई आश्रमको संरक्षणमा रहेका १ बेसहाराको आजीवन अभिभावक बन्न सकिनेछ । योगदानदातालाई बेसहाराको अभिभावक घोषण गरी सम्मानपत्रद्वारा सम्मान गरिनेछ । सहयोग रकम अक्षयकोषमा राखी ब्याजबाट आएको रकम मात्र बेसहाराको सेवामा सदुपयोग गरिनेछ । आश्रमको अक्षय कोष स्थापनार्थ २ लाख ६१ हजार १ सय ११ योगदान गरी आश्रमको १ दिनभरको वार्षिक भोजनसेवा सदस्यता लिन सकिन्छ । एक पटक १ लाख ११ हजार १ सय ११ योगदान गरी मानवसेवा आश्रमको १ समयको वार्षिक भोजन सेवा सादस्यता प्राप्त गर्न मिल्छ । उक्त रकमबाट प्राप्त हुने ब्याजबाट उक्त शाखामा हरेक वर्ष एक समयको भोजनसेवा गराइनेछ ।
महायज्ञमा सहयोग गर्ने तरिका :
१) कुनै पनि व्यक्ति वा संस्थाले मानवसेवा आश्रमको कुनै एक शाखाको भवन (मानवीय मन्दिर) निर्माणको लागि रु एक करोड, एघार लाख १११ योगदान गरी अपार पुण्य आर्जन र सधैँका लागि अमर हुने सुवर्णअवसर सदुपयोग गर्न सक्नुहुनेछ । उक्त रकम योगदान गर्नुहुने महानुभावको इच्छा बमोजिम भवनको नामाङ्करण गरिनेछ ।
२) उक्त भवनको कोठा निर्माणको लागि योगदान गर्ने महानुभावहरुको नाम कोठामा र अन्य दाताहरुको नामावली शिलालेखमा राखिनेछ ।
३) मानवसेवा आश्रमको भवननिर्माण प्रयोजनका लागि नगद रु २१ लाख ११ हजार १११ योगदान गर्नुहुने महानुभावहरुको इच्छाअनुसार भोजनकक्ष र भान्साको नामाङ्करण गरिनेछ ।
४) मानवसेवा आश्रमको मेडिकल कक्ष निर्माणको लागि योगदान गर्न चहानुहुने महानुभावहरुले रु एघार लाख ११ हजार १११ योगदान गर्न सक्नुहुनेछ । यसरी निर्माण हुने मेडिकल कक्षमा दाताको नाम शिलालेखमा उल्लेख गरिनेछ ।
५) निर्माण हुने मानवसेवा आश्रमको भवन परिसरमा बागबगैँचा निर्माणको लागि योगदान गर्न चहानुहुने महानुभावहरुको रु १५ लाख एघार हजार १११ योगदान गर्न सक्नुहुनेछ । उक्त बगैँचामा शिलालेखमा दाता÷सौजन्यकर्ताको नामावली राखिने छ ।
६) एक कोठा निर्माण अभियानअन्र्तगत रु पाँच लाख ११ हजार १११ रकम योगदान गर्न सकिने छ ।
७) देशभर निर्माण भइरहेको भवनका लागि सहयोग जुटाउन योगदान एक पटकको, स्मरण सँधैभरको अभियान अन्तर्गत एक कोठा निर्माण खर्च योगदान गर्न चाहनु हुने महानुभावहरुले रु ५ लाख ११ हजार १११ रुपैया योगदान गर्न सक्नुहुनेछ । यसरी निर्माण भएको कोठाको नामाङ्ककरण र समुद्घाटन दाताकै ईच्छाअनुसार हुनेछ ।
यसका साथै भान्सा, भोजन कक्ष, अतिथि गृह, मेडिकल कक्ष, थेरापी कक्ष, शौचालय, अभियन्ता तथा स्वयंसेवक आवास, गार्डेन (बाग बगैंचा) लगायत निर्माणमा योगदान गर्न सक्नुहुनेछ । यसरी निर्माण हुने संरचनाको नामाङ्ककरण र समुद्घाटन दाता कै इच्छाअनुसार हुनेछ । लक्ष्मी नारायण मन्दिर र धर्मशाला निर्माणका लागि स्वेच्छाले सहयोग गर्न सकिन्छ ।
अक्षयकोषतर्फ योगदान :
१) रु पाँच लाख एघार हजार १११ सहयोग उपलब्ध गराई मानवसेवा आश्रमको संरक्षणमा रहेको एक बेसहाराको आजिवन अभिभावक बन्न सक्नुहुनेछ । योगदान दातालाई बेसहाराको अभिभावक घोषण गरी सम्मानपत्रद्वारा सम्मान गरिनेछ । सहयोग रकम अक्षयकोषमा राखी व्याजबाट आएको रकम मात्र बेसहाराहरुको सेवामा सदुपयोग गरिनेछ ।

२) अक्षय कोष स्थापनार्थ रु दुई लाख ६१ ह्जार १११ योगदान गरी मानवसेवा आश्रमको एक दिनभरको वार्षीक भोजनसेवा सादस्यता प्राप्त गर्न सकिनेछ ।
३) एक पटक रू एक लाख ११ हजार १११ योगदान गरी मानवसेवा आश्रमको एक समयको वार्षीक भोजनसेवा सादस्यता प्राप्त गर्न सकिनेछ । उक्त रकमबाट प्राप्त हुने ब्याजबाट उक्त शाखामा हरेक वर्ष एक समयको भोजनसेवा गराइने आश्रमले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







