कांग्रेसको प्रदर्शनको पूर्व सन्ध्यामा पोखरामा नेविसंघको सिठ्ठी जुलुस


     एभरेस्ट आवाज    
     मंसिर २९ गते २०७७ मा प्रकाशित




नेपाल विद्यार्थी संघ कास्कीले आईतबार पोखरामा सिठ्ठी जुलुस निकालेको छ । नेपाली कांग्रेसको आयोजनामा मंसिर २९ हुने विरोध कार्यक्रमलाई सफल बनाउन ने.वि संघले सिठ्ठी जुलुसको आयोजना गरेको हो । नेपाल विद्यार्थी संघको केन्द्रिय समितीको ७७ वटै जिल्लामा कार्यक्रम गर्ने परिपत्र अनुसार कास्कीको सिठ्ठी जुलुस निकालिएको पृथ्वी नारायण क्याम्पसका ने. वि संघ सभापती दिपक शर्मा वाग्लेले बताउनुभयो ।
कोरोना महामारीको समयमा सरकार सुतिरहको जस्तो देखिएकोले सिठ्ठीको आवाजले मार्फत उठाउन जुलुस निकालिएको उहाँले बताउनुभयो । नेपाली कांग्रेसको पार्टी कार्यालयबाट सुरु भएको जुलुस महेन्द्रपुल चिप्लेढुङ्गा हुदै वि.पि चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई नेपाली कांग्रेसका सभापती कृष्ण के.सीले सम्बोधन गर्नुभएको थियो । कोणसभामा ने.वि संघका पूर्व केन्द्रिय सदस्य सरोज के.सी, पृथ्वी नारायण क्याम्पसका ने. वि संघ सभापती दिपक शर्मा वाग्ले र पोखरा विश्व विद्यालयका सभापती फिरोज सुवेदी लगाएतले पनि बोल्नुभएको थियो ।
नेपाल विद्यार्थी संघ कास्कीका निवर्तमान सभापती विकाश थापाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन ने.वि संघका पूर्व सभापती विक्रमआदित्य गिरीले गर्नुभएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।