पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थगित प्रदेश अन्र्तगतको सङ्गठन विस्तारसम्बन्धी बैठक पोखराबाट पुनः शुरु गर्ने गरि कार्यतालिक सार्वजनिक गरेको छ ।
पार्टीका सभापति रवि लामिछानेको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय समितिको बैठकले माघ २१ देखि प्रदेश अन्र्तगतको सङ्गठन विस्तारलाई पुन: गण्डकी प्रदेशको पोखराबाट शुरु गर्र्नेे निर्णय गरेको पार्टीका महामन्त्री तथा प्रवक्त डा. मुकुल ढकालले जानकारी दिए ।
पार्टीले माघ १४ गते शनिबारदेखि सङ्गठन विस्तारसम्बन्धी बैठक प्रदेश १ को विराटनगरबाट शुरु गर्ने तयारीमा रहँदा पार्टी सभापति लामिछानेलाई सर्वोच्च अदालतले नागरिकता विवादमा दोषी ठहर गरेसंगै स्थगित भएको थियो ।
पार्टीका अनुसार सङ्ठन विस्तारको पूर्वनिर्धारित कार्यक्रम माघ २१ गते गण्डकी प्रदेशको पोखराबाट शुरु गर्ने निर्णय भएको पार्टीका प्रवक्ता डा. ढकालद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।
यस्तै लुम्बिनी प्रदेशको दाङमा माघ २४ गते, सुदुरपश्चिमको धनगढीमा माघ २६ गते र माघ २८ गते कर्णाली प्रदेशको सुर्खेतमा गर्नेगरि मिति सार्वजनिक गरिएको छ ।
पार्टीले प्रदेश १, मधेश प्रदेश र बाग्मती प्रदेशमा हुन सङ्गठन विस्तारसम्बन्धी बैठकको मिति चाडैनै गरिने जनाएको छ ।
पार्टीले आगामी जेठ मसान्तसम्ममा विस्तार गर्ने लक्ष्य सहित, प्रदेश, जिल्ला, पालिका र वडास्तरिय समिति गठन गरिसक्ने निर्णय गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ८ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)…





