नेपाली कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले कांग्रेसले शुरु गरेको आन्दोलन कम्युनिष्टलाई सत्ताच्यूत नगरेसम्म चलिरहने उद्घोष गरेका छन् । पूर्व सभामुखसमेत रहेका कांग्रेस नेता रानाभाटले नेपाली कांग्रेस कास्कीले सोमबार पोखरामा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै उनले अहिलेको आन्दोलनको अन्तिम विन्दु भनेको कम्युनिष्टलाई सत्ताच्यूत गराउनु रहेको बताए ।
ओली नेतृत्वको कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त भएको ट्रान्सपरेन्सी ईन्टरनेसनलको प्रतिवेदनले छर्लङ्ग पारेको उनले बताए । रानाभाटले ओली सरकारले निरन्तरता पाउनु देशका लागि दुर्भाग्य हुने बताए ।
नेता रानाभाटले ओली सरकारका कारण भारतीय हस्तक्षेप बढेको दाबी गरे । उनले भारतीय खुफिया एजेन्सी (रअ) प्रमुख नेपाल आउनु, भारतीय परराष्ट्र विज्ञ नेपाल आउनुले त्यसलाई पुष्टी गर्ने उनको भनाई छ । ओली सरकारको पालामा साधुले शूली चढ्ने स्थिति आईपुगेको भन्दै उनले यसको अन्त्यका लागि कांग्रेस जनताको घरदैलोमा पुगेर बिरोध गर्नुपर्नेमा जोड दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







