नेपाली कांग्रेसले सडकबाट प्रधानमन्त्रीको राजिनामा मागेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको जनविरोधी कामविरुद्ध सोमबार देशव्यापी विरोध प्रदर्शन गर्दै सडकबाट प्रधानमन्त्रीको राजिनामा मागेको हो । ओली सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी शैली अपनाएको भन्दै कांग्रेसले सोमबार पोखरामा गरेको प्रदर्शनमा उनीहरुले ‘केपी ओली राजिनामा दे’ भन्दै नारा लगाउनुका साथै प्लेकार्डसमेत बोके । साथै उनीहरुले केपी ओली मुर्दाबाद, भ्रष्टाचारी ओली सरकार मुर्दाबादलगायतका नारासमेत लगाए ।
कोरोना महामारीमा जनता मर्दै गर्दा पनि सरकार भ्रष्टाचारमा लिप्त भएको, हत्याहिंसा र बलात्कारका घटना रोक्न ओली सरकार असफल भएको कांग्रेसको आरोप छ ।
पोखरामा भएको विरोध प्रदर्शनमा कांग्रेस नेता कार्यकर्ताको उल्लेख्य सहभागिता थियो । पोखरासहित गाउँगाउँबाट पनि पोखराको विरोधसभामा कांग्रेसका कार्यकर्ता सहभागि भए । पृथ्वीचोकमा सभा हुनुअघी बिपीचोकबाट शुरु भएको र्याली महेन्द्रपुल, नयाबजार हुँदै पृथ्वीचोक पुगेर सभामा परिणत भएको थियो ।
बिरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता अर्जुननरसिहं केसीले नेपाली जनतामा पसेको कम्युनिष्टको प्रेत आत्मा भगाउनुपर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘नेपाल जनतामा कम्युनिष्टको प्रेत आत्मा पसेको छ, यसलाई मन्छिएर भगाउनु प¥यो ।’
नेता केसीले कम्युनिष्टका कारण लोकतन्त्र खतरामा परेको बताए । उनले ओली सरकारका कारण राष्ट्रियतासमेत धरापमा परेको आरोप लगाए । राष्ट्रवादको ढोंग पिट्ने ओलीको राष्ट्रवाद नक्कली राष्ट्रवाद भएको पुष्टी भइसकेको उनले दाबी गरे । कांग्रेस नसच्चिदा जनताले लोकतन्त्रको पद्धती अनुरुप कम्युनिष्ट रोजेपनि त्यो अहिले आएर गलत सावित भएको उनको भनाई छ । ‘कम्युनिष्टलाई मत दिएर लोकतन्त्र रक्षा गर्छु भन्नु दीवा स्वप्न मात्र हो, अहिले यो कुरा पुष्टी भएको छ’–उनले भने । किनकी कम्युनिष्ट र लोकतन्त्र एक अर्काका प्रतिष्पर्धी भएको उनको भनाई छ ।
नेता केसीले ओली सरकारलाई अपराधी सरकार भएको टिप्पणी गरे । ओम्नीदेखि एनसेल, बुढीगण्डकीहुँदै वाईडवडी र सुनकाण्डलगायतमा भ्रष्टाचार गरेर नपुगेर ओली नेतृत्वको कम्युनिष्ट सरकारले कोभिडका विरामीको नाममासमेत लुटतन्त्र मच्चाएको भन्दै उनले थपे,‘औषधीमासमेत भ्रष्टाचार गर्ने ओली सरकार अपराधी हो, यस्तो अपराधी सरकार ईतिहासमा कहिल्यै थिएन ।’ भ्रष्टाचार गर्दिन भन्ने प्रधानमन्त्री ओलीलाई चुनौति दिदै उनले भने,‘ओली भ्रष्टाचारबिरुद्ध भए भूतपूर्व प्रधान न्यायाधीसको नेतृत्वमा निश्पक्ष, तटस्थ र न्यायीक छानविन समिति बनाएर भ्रष्टाचारको छानविन गरोस् ।’
नेता केसीले आफ्ना बरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा गरेको दुब्र्यबहारलाई केवल व्यक्तिगत रुपमा लिन नहुने बताए । हाम्रा बरिष्ठ नेता पौडेलमाथिको दुब्र्यवहारलाई व्यक्तिगत रुपमा मात्रै बुझ्नु हुँदैन,‘उनले भने,‘यो त शुरुवात मात्रै हो, यीनीहरुले कांग्रेस नेता, कार्यकर्तालाई गाउँ फर्किन नदिन, त्रसित बनाउनका लागि गरेका हुन् । चुनावमा यीनीहरुले हाम्रो नेता कार्यकर्तालाई फर्किन नदिने षडयन्त्र गरिरहेका छन् ।’ तर कांग्रेस चुप नलाग्ने भन्दै उनले त्यसका बिरुद्ध आन्दोलन शुरु भइसकेको र यो आजको आन्दोलन केवल काष्टिङ मात्र भएको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







