सुनचाँदीको भाउ बढ्यो


     एभरेस्ट आवाज    
     पौष १ गते २०७७ मा प्रकाशित




काठमाडौं । बुधबार सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढेको छ ।

सुनको माग बढी हुने मंसिर सकिएको भोलीपल्टै सुनको मूल्यमा बृद्धि भएको हो ।
भाउ बढेसंगै सुनको मूल्य ९३ हजार एक सय रुपैयाँ तोकिएको छ ।

यस्तै तेजाबी सुनको मूल्य ९२ हजार ६५० कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरि चाँदीको भाउपनि तोला ३० रुपैयाँले बृद्धि हुँदै प्रतितोला १२३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।