मलेसियामा बाढीका कारण तीन जनाको मृत्यु चालीस हजारभन्दा बढी विस्थापित


     एभरेस्ट आवाज    
     फागुन २१ गते २०७९ मा प्रकाशित




मलेसियामा बाढीका कारण शनिबारसम्म विभिन्न राज्यहरूमा ४० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । सबैभन्दा बढी जोहर राज्यमा परेको सरकारी तथ्याङ्कले देखाएको छ ।

जोहोरमा मात्रै ३७ हजार भन्दा बढीलाई बाढी राहत केन्द्रहरुमा सारिएको छ भने प्रायद्वीप मलेसियाको पहाङ, नेगेरी सेम्बिलन, मलाक्का राज्यहरूमा विस्थापितहरूको सङ्ख्या कम छ ।

बुधवार, बाढीको पानीले बगाएको विश्वास गरिएको कारभित्र एक व्यक्ति मृत फेला परेपछि जोहरमा पहिलो बाढीको मृत्यु रेकर्ड गरिएको थियो ।

त्यसबेलादेखि जोहोरको सेगामाट जिल्लाका प्रभारी प्रहरी अधिकारी अहमद जामरी मारिनसाहले थप दुई जनाको मृत्युको पुष्टि गरेका छन्, । वृद्ध पीडितहरू उनीहरूको घरमा मृत फेला परेको बताएका छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।