मदन भण्डारी स्पोर्टस एकेडेमीले पत्रकारका विभिन्न संघसंस्थासहित पत्रकारहरुलाई सम्मान गरेको छ । एकेडेमीले विहीबार पोखरामा आयोजना गरेको खेलाडी सम्मान तथा रक्तदान कायक्रमको अवसरमा खेलकुदमा योगदान दिने नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश, नेपाल पत्रकार महासंघ कास्की र खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशलाई नगद २१÷२१ राशीसहित सम्मान गरेको हो ।
कार्यक्रममा राखेप सदस्य सचिव रमेशकुमार सिलवालसहित एकेडेमीका गण्डकी प्रदेश अध्यक्ष राजेश गुरुङ, केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठलगायतले सम्मान पत्र र नगदसहित सम्मान गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेशको तर्फबाट सदस्य रुद्रबहादुर श्रीस, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश अध्यक्ष एकराज गिरीले सम्मान ग्रहण गरेका थिए ।
सो अवसरमा एकेडेमीले अग्रज पत्रकार नारायण कार्कीलाई नगद ८ हजार ५ सय सहित सम्मान ग¥यो भने अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितलाई नगद ५ हजारसहित सम्मान ग¥यो ।
त्यस्तै, एभरेस्ट मिडिया हाउसका समाचार प्रमुख सन्देश श्रेष्ठ नगद ११ हजार ५ सय राशीसहित सम्मानित हुँदा नेपाल टेलिभिजनका पोखरा संवाददाता पर्शुराम शर्मा ८ हजार ५ सय राशीसहित सम्मानित भए ।
यसैगरी, कारोबार दैनिकका पोखरा सम्वाददाता दीननाथ बराल, राष्ट्रिय समाचार समिति (रासस)का कृष्ण दवाडी, कान्तिपुर दैनिकका पोखरा सम्वाददाता दीपक परियार र नागरिक दैनिक पोखराका फोटो पत्रकार उमेश पुन नगद ५÷५ हजारसहित सम्मानित भए । सो अवसरमा तेह्रौं सागमा फुटबल खेलको प्रचारप्रसारमा संयोजन गर्ने मानबहादुर घर्ती (एमबी आस्था)सहितको टीमलाई नगद १३ हजार ५ सय सहित सम्मान गरिएको एकेडेमीका गण्डकी सचिव कृष्ण तिमिल्सिनाले जानकारी दिए । अवसरमा खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका संस्थापक संयोजक केशव पाठक र समाधान दैनिकका श्याम कुवँरलाई सममान पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







