एम्बाप्पे फ्रान्सेली राष्ट्रिय फुटबल टोलीको कप्तानमा नियुक्त


     एभरेस्ट आवाज    
     चैत्र ७ गते २०७९ मा प्रकाशित




चैत ७, काठमाण्डौ – स्टार खेलाडी किलियन एम्बाप्पे फ्रान्सको राष्ट्रिय फुटबल टोलीको कप्तानमा नियुक्त भएका छन् ।

गत वर्षको फिफा विश्वकपको फाइनलमा टोलीले पराजय बेहोरेपछि पूर्व कप्तान ३६ वर्षिय ह्यूगोले राजिनामा दिएपछि एम्बाप्पे नयाँ कप्तानमा नियुक्त भएका हुन् ।

एम्बाप्पेले २४ वर्षको उमेरमा टोलीको कप्तानी सम्हाल्ने छन् । उनको ध्यान अब आउँदो वर्ष हुने युरो कपमा हुनेछ ।
पेरिस सेन्ट जर्मेइन (पीएसजी) बाट व्यावसायिक फुटबल खेल्ने एम्बाप्पेले सन् २०१८ मा फ्रान्सलाई विश्व कपको उपाधि जिताउन महत्त्वपूर्ण योगदान पु¥याएका थिए । यस्तै गएको वर्षको विश्व कपमा उनकै उत्कृष्ट प्रदर्शनका कारण फ्रान्स फाइनलमा पुगेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।