पोखरा । नेत्र ज्योति संघको आयोजना र नेपाल पत्रकार महासंघको समन्वयमा सोमबार आयोजना गरिएको एक दिने निशुल्क आँखा शिविरमा १ सय ८२ जना पत्रकारको आखाँ चेकजाँच गरिएको छ ।
पत्रकार महासंघ कास्की परिसरमा महासंघको ६७ औं स्थापना दिवस र नेत्रज्योति संघको ४५ औं स्थापना दिवसको अवसर पारी सोमबार सो शिविर गरिएको हो । जस अनुसार चेकजाँचमा सहभागी मध्ये ३५ जनालाई चस्मा वितरण गरिएको छ भने १ सय ५ जनालाई औषधी वितरण गरिएको नेत्रज्योति संघ कास्की सचिव सुरेन्द्र थापाले बताए । सचिव थापाका अनुसार १६ जनालाई हिमालयन आँखा अस्पताल घारिपाटन रिफर गरिएको छ ।
देशका सातै प्रदेशमा रहेका पत्रकारका लागि निशुल्क शिविर आयोजना गर्ने समझदारी बमोजिम गण्डकी प्रदेशको लागि पोखरामा सोमबार बिहान ८ बजेदेखि १२ बजेसम्म शिविर सञ्चालन गरिएको नेत्रज्योति संघ कास्कीका अध्यक्ष कृष्णबहादुर गुरुङले जानकारी दिए ।
नेपाल नेत्रज्योति संघ कास्कीका अध्यक्ष तथा अधिवक्ता कृष्णबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







