नेलम्बो नेपालद्वारा शिशु स्याहार परामर्श तथा बिकास परियोजना शुभारम्भ


     एभरेस्ट आवाज    
     चैत्र १४ गते २०७९ मा प्रकाशित




पोखरा । विपन्न समुदाय र जैविक विविधता सहयोगी संस्था (नेलम्बो नेपाल) ले शिशु स्याहार परामर्श तथा बिकास परियोजना शुभारम्भ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ४ वडा अध्यक्ष देवकृष्ण पराजुलीले मंगलवार शुभारम्भको घोषणा गरेका हुन् ।
शिशु जन्मनु पूर्व र जन्मेको ६ बर्ष सम्मका बालबालिका तथा उनीहरुका अभिभाबकहरुकालागि परियोजनाले आवश्यक जानकारी दिने नेलम्बो नेपालका स्वास्थ्य प्रबर्द्दन अधिकृत निर्मला देवकोटाले जानकारी दिइन् । परियोजनाले बालबालिकाहरुको नियमित पालनपोषण, स्याहार, विकास र संरक्षणको बारेमा उनीहरिका अभिभाबक र संरक्षकहरुलाई परामर्श सेवा प्रदान गर्ने शुभारम्भ बारे जानकारी दिन आयोजित कार्यक्रममा बताइयो ।
यस परियोजनाले स्तनपान, पोषण, सुताई, विकास, हेरचाह, स्वास्थ्य, सिफारिस, अभिभाबकत्व शिक्षा र अभिभाबक परामर्श दिइने अधिकृत देवकोटाले बताइन् ।
परामर्श नियमित रुपमा आइतवारदेखि बिहिवारसम्म लिन सकिने, भौतिक परामर्शकालागि बिहान ९ बजेदेखि दिउसो १ बजेसम्म ९७६२५६६८९९ मा फोन गरि नाम दर्ता गर्नु पर्ने र आवश्यकताको आधारमा थप परामर्श आवश्यक परेमा लाभग्राहीको घरसम्म पुगि परामर्श दिने अध्यक्ष एकदेव देवकोटाले बताए । उनले आफूलाई मन परेको सपनाको परियोजना दातासॅंग ४ बर्षदेखि छलफल गरि शुभारम्भ गर्न पाएकोमा खुसि ब्यक्त गरे ।
प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले कोभिडको बेलामा नेलम्बो नेपालले पुर्याएको सामाजिक योगदानको चर्चा र प्रशंसा गर्दै नयां परियोजनाको सफलताको शुभ कामना ब्यक्त गरे । उनले भौतिक बिकाससंगै आफूले मानवीय श्रोत बिकासमा जोड दिएको बताए । पराजुलीले गैह्र सरकारी संघ संस्थाको अधिक संख्याले मात्र केहि हुने बताउदै संघ संस्थाले आफ्नो औचित्य साबित गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रमका बिशेष अतिथि सहयोगि दाता शेयरिड. माइन्ड्स स्विटजरल्याण्डका अध्यक्ष कार्लो कामेन्जेडले सहकार्य गर्न पाएकोमा खुसी ब्यक्त गरे । उनले यस परियोजनाले शिशु स्याहारमा महत्वपूर्ण भूमिका खेल्ने बिश्वास ब्यक्त गरे ।

बाल रोग बिशेषज्ञ डा रामचन्द्र बांस्तोलाले बिपन्न अभिभाबकका बालबालिका र अपांगता भएका बालबालिकाको उपचारमा समस्या रहेको जानकारी दिए । उनले प.क्षे.अस्पतालमा गुणस्तरिय स्वास्थ्य सेवा निशुल्क प्रदान गरिरहेको दाबी गरे ।
शुभारम्भ समारोहमा मन्तब्य ब्यक्त गर्दै शिक्षासेवी गेहेन्द्रेश्वर कोइराला, गैह्र सरकारी संस्था नेपाल कास्कीका अध्यक्ष डा बुद्दि शर्मा, कोपिला नेपालका कार्यकारी निर्देशक बिना सिलवाल, पोखरा महानगरपालिका वडा नम्माबर १८ का वडा अध्छायक्ष शिवप्पुरसाद तिमिल्च्छ्रेसिना , गांउ पालिका वडा नम्बर ७ का वडा अध्यक्ष बैकुण्ठप्रसाद भण्डारी, आइ एन एफ नेपालका स्पिच थेरापिस्ट सारा, बाल हितकारी परियोजनाका शंकर नेपाली लगायतले परियोजनाको आवश्यकता माथि जोड दिदै प्रभाबकारी कार्यान्वयनकालागि शुभकामना ब्यक्त गरे ।
नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सरोज कोइरालाले स्वागत तथा कार्यक्रम अधिकृत भिमप्रसाद भण्डारीले संचालन गरेका थिए ।

नेलम्बो नेपाल स्वास्थ्य, शिक्षा, वातावरण र जैबिक बिबिधताको क्षेत्रमा क्रियाशिल गैह्र सरकारी संस्था हो । यसले पोखरा महानगरपालिकाको वडा नम्बर २,३,४,१८ र माछापुच्छ्रे गांउपालिकाको वडा नम्बर ६ र ७ मा आफ्नो परियोजना संचालन गरिरहेको बताइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।