नेकपा विवादले देश दुर्घटनातर्फ : संसद विघटन गर्न सिफारिस


     एभरेस्ट आवाज    
     पौष ५ गते २०७७ मा प्रकाशित




फाइल तस्विर : प्रधानमन्त्री केपी शर्मा ओली

नेकपा विवादले देश दुर्घटनातर्फ धकेलिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल(माधव नेपाल समूह र प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीबीचको शक्ति संघर्षका कारण देश दुर्घटनातर्फ उन्मुख भएको हो ।

नेकपा भित्रको विवाद नमिलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले संसद विघटन गर्न सिफारिस गरेका हुन् ।
सरकारले गरेको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नसक्ने प्रावधान रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।