काठमाडौं । प्रधानमन्त्रीले संसद विघटनको सिफारिश गरेसँगैं प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेले पार्टीको आकस्मिक बैठक डाकेको छ ।
बदलिदो राजनितिक परिवेशमा अब के कसरी जाने भन्ने विषयमा छलफल गर्न काँग्रेस पदाधिकारी र केही शीर्ष नेताहरुबीच छलफलका लागि बैठक डाकिएको कांग्रेस प्रवक्त विश्वप्रकाश शर्माले जानकारी दिए ।
आकस्मिक बैठक बुढानीलकण्ठमा बस्न लागेको हो ।
संसद विघटनको प्रस्ताव लोकतन्त्र माथिकै प्रहार भएको प्रतिक्रिया काँग्रेसले दिइसकेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







