राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी छन् । नेपाल सरकार मन्त्री परिषदको निर्णय तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटनको घोषणा गरेकी हुन् ।
संसद विघटनसँगै आम निर्वाचनको मितिसमेत घोषणा भएको छ । राष्ट्रपतिले आगामी बैशाख १७ र २७ गते गरि २ चरणमा हुनेगरि आम निर्वाचनको मिति घोषणा गरेकी हुन् ।
यसअघी आईतबार विहान आकश्मिक रुपमा बसेको मन्त्री परिषदको बैठकले संसद विघटन गर्न सिफारिस गरेको थियो । त्यसलगत्तै प्रधानमन्त्रीले राष्ट्रपति समक्ष संसद विघटन गर्न सिफारिस गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







