भ्रष्ट कार्यहरु ढाकछोप गर्न संसद विघटनजस्तो राष्ट्रघाती काम : पोखरेली नागरिक अगुवाहरु


     एभरेस्ट आवाज    
     पौष ५ गते २०७७ मा प्रकाशित




पोखरेली नागरिक अगुवाहरुले असंवैधानिक रुपमा संसद विघटन गरिएको भन्दै विरोध जनाएका छन् । नागरिक समाज पोखराकी अध्यक्ष ईन्द्रकमल मानन्धरसहित पोखरेली नागरिक अगुवाहरु बरिष्ठ अधिवक्ता तीलक पराजुली, नागरिक समाज पोखराका पूर्व अध्यक्ष रामबहादुर पौडेल, निवर्तमान अध्यक्ष विष्णुहरी अधिकारी र शशी तुलाचनले आईतबार अपराह्न संयुक्त रुपमा विज्ञप्ती निकाल्दै संसद विघटनलाई प्रतिगमनकारी कार्य भन्दै भत्र्सना गरेका छन् ।

उनीहरुले संविधानलाई समाप्त पार्ने, जनताको अधिकार कुण्ठित गर्ने, राष्ट्रलाई अस्थिरतालाई र अराजकताको दुश्चक्रममा पार्ने राष्ट्रघाती काम भएको बताएका छन् । नागरिक अगुवाहरुले ओली सरकारले गरेका भ्रष्ट कार्यहरु ढाकछोप गर्नका लागि संसद विघटनजस्तो अप्रिय प्रपञ्च रचेकोसमेत आरोप लगाएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।