फाइल तस्विर
मधव नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष बन्ने भएका छन् । नेकपाको आज बस्ने केन्द्रीय समिति बैठकले नेपाललाई अध्यक्ष बनाउन लागेको हो । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरेको नेकपाले नेपाललाई अध्यक्ष बनाउने तयारी गरेको श्रोतको दाबी छ ।
नेकपाका नेपाल पक्षीय स्थायी कमिटी सदस्य वेदुराम भुसालले माधव नेपाललाई मंगलबार बस्ने पार्टी केन्द्रीय समिति बैठकले अध्यक्ष बनाउने बताए । उनका अनुसार ओलीलाई हटाएर नेपाललाई पार्टी अध्यक्ष बनाउन लागिएको हो । नेकपामा २ जना अध्यक्ष रहने प्रावधान रहेको छ । पूर्व एमाले र पूर्व माओवादी मिलेर बनेको नेकपाको अर्का अध्यक्षमा प्रचण्ड रहेका छन् ।
यसअघी ओलीलाई संसदीय दलको नेताबाट हटाएर कार्यकारी अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने निर्णयसमेत नेकपाले गरिसकेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







