गण्डकी प्रदेश सांसद कोईरालाको प्रस्ताव : दशैं भत्ता सँधैका लागि खारेज गरौं


     एभरेस्ट आवाज    
     कार्तिक ५ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेश सांसद दीपक कोईरालाले दशैं भत्ता सँधैका लागि हटाउन प्रस्ताव गरेका छन् । दशैं भत्ताबारे आम सर्वसाधारणको बिरोध रहेको उल्लेख गर्दै उनले यसलाई सँधै हटाउन प्रस्ताव गरेका हुन् । सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै उनले भनेका छन्,‘दशैं भत्ता लिने र फिर्ता गर्ने राजनीति किन गर्ने ? त्यसैले मेरो प्रस्ताव छ कि सरकारी ढुकुटीबाट सुविधा लिने सबैको चाँडपर्व जिे सबैको चाँडपर्व भत्ता संघीय कानूनबाटै खारेज गरिदिऔं ।’

https://m.facebook.com/story.php?story_fbid=3968517629844034&id=100000575086783

सांसद कोईरालाले सामान्यतया १२ महिनाको तलब र एक महिना बराबरको चाँडपर्व मनाउन खर्च दिने परम्परा भएपनि भत्ता लिएको बहानामा जनप्रतिनिधिमाथि अनावश्यक टिप्पणी भएको गुनासो गर्दै भने,‘आज भत्ता लिएको कुरालाई जुन रुपमा ठूलो विषय बनाएर प्रचार गरिएको छ, यो विषयमाथिको भद्दा राजनीति र हामी जनप्रतिनिधि माथिको अनावश्यक टिप्पणी ।’

सामान्य अवस्थामा भत्ता लिनु नराम्रो नभएपनि अहिलेको विशेष अवस्थामा नलिनु राम्रोपनि हुन्छ,‘उनले अगाडि भनेका छन्,‘सर्वसाधारणको विरोध र जनप्रतिनिधिले फिर्ता गर्ने राजनीति यो मद्रासी फिल्मको राजनीतिक यात्राजस्तो भो ।’ उनले भत्ता लिँदैमा देश कंगालपनि नहुने र यो फिर्ता गरेर देश आजको भोलि कायापलट हुनेपनि नहुने बताएका छन् । सांसद कोईरालाले आफ्नो धारणाप्रति अन्य जनप्रतिनिधिहरुलाईपनि प्रतिक्रिया जनाउन आग्रह गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।