पोखरा । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक भाषा, सिप र मौसम प्रतिकुलताका कारण समस्यामा पर्ने गरेको पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
नेपाल अन्तराष्ट्रिय निर्माण श्रमिकहरुको महासंघ (बीडब्लूआई)ले आयोजनामा बुधबार पोखरामा भएको पत्रकार सम्मेलनमा सहभागीहरुले यस्तो बताएका हुन ।
बैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई सरकारका सम्बन्धित निकायले रोजगारीका समयमा आउनसक्ने समस्या र समधानका लागि गर्नुपर्ने विषयमा उचित जानकारी गराउन नसक्दा यस्तो खालका समस्याहरु आउने गरेको नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघका अध्यक्ष राजेश बुुढा मगरले बताए । उनले भने, ‘यदि सम्बन्धित निकायले बैदेशिक रोजगारीमा जान लागेको श्रमिकसंग स्थानिय तहको वडागत रुपमा जानकारी तथा चेतना फैलाउन सकियो भने ४० प्रतिशत समस्या आफै समाधान हुन सक्छ ।’
उनले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसका कारण यस्तो खालको समस्या समाधानका लागि सरकारी तथा गैरसरकारी निकायबाट यस्तो समस्या आउन दिनै नहुनेमा उनले जोड दिए ।
यस्तै कार्यक्रममा धेरै रकम लगानी गरेर यूरोप लगायतका मुलुलमा जाने क्रम बढेको र त्यसबाट ठगिने क्रमपनि उत्तिकै मात्रमा गुनासो आउनेक्रम रहेको नेपाल विजुली पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियनका केन्द्रिय सदस्य पुण्य प्रसाद उप्रेतीले बताए । उनले यसको नियमन सरकारले गर्नुपर्नेमा जोड दिए ।
नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट), नेपाल ट्रेड यूनियन कांग्रेस (एनटियुसी) र अखिल नेपाल ट्रेड यूनियन (आन्टुफ) सदस्य रहेको महासंघले नेपालमा २००७ सालदेखी आप्रवासी श्रमिकहरुको मुद्दामा काम गरिरहेको अखिल नेपाल निर्माण मजदुर संघका अंकुका महासचिव रमेश सिके एवम् संस्थाका सदस्य रमेश सिकेले जानकारी दिए ।
उनले नेपालमा ४.५ प्रतिसत आप्रवासी श्रमिकहरु महासंघमा आवद्ध भएको दावी गरे । साथै ७० लाख नेपाली भूकम्प पछि बैदेशिक रोजगारीका लागि विदेशिएको सरकारी तथ्याङ्क रहेको पनि बताए ।
महासंघले क्षमता अभिबृद्धि तालिम, कनुनी विषयमा तालिमहरु, बैदेशिक रोजगारीसंग सम्बन्धीत जनचेतना र सचेतनामुुलक कार्यक्रमहरु सञ्चालन, विदेशमा अलपत्र परेकोहरुको उद्दार, स्थानिय तहदेखी केन्द्रिय सरकारसम्म आप्रवासीका मुद्दा र त्यसको समाधानमा पहल, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरुसंग सम्पर्क विस्तार गर्ने लगायतका क्षेत्रमा काम गरिरहेको सिकेले जानकारी दिए ।
कार्यक्रममा कृष्ण गमजेर, लालशोभा गुरुङ, कृष्ण गुरुङ लगायतले बैदेशिक रोजगारीका क्रममा भोगेको समस्या र त्यहाँको अनुभवको बारेमा बोलेका थिए । कार्यक्रमको सञ्चालन महासंघका सदस्य तथा नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्युपेक नेपाल)का महासचिव तिर्थ मगरले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







