पोखरा। विज्ञापन लगानी हो खर्च होइन भन्ने उद्घोषका साथ वि.सं. २०६७ जेठ ५ गतेबाट सेवा आरम्भ गरेको परिचय एड्भर्टाइजिङ १३ औं बर्षमा प्रवेश गरेको छ।
परिचयले डिजाइन, छपाई, इभेन्ट म्यानेजम्यान्ट, अनलाइन सञ्चार माध्यम, एलइडी स्क्रिनबोर्ड, होर्डिङबोर्ड, फ्याक्ट्री स्थापना र सञ्चालन गरी ३ दर्जनभन्दा बढी व्यक्तिलाई रोजगार दिँदै आएको छ।
राज्यलाई कर तिरी उद्यमशीलताको पाठशालामा रूपान्तरित भएको छौं । परिचयले आफ्नो आयाम र आयातन निजी क्षेत्रबाट विस्तार गरेको जानकारी दिन पाउँदा हामी हर्षित छौं, सञ्चालक सोभित बस्यालले बताए ।
विज्ञापन भनेकै उद्योग र व्यवसायलाई प्रवद्र्धन गर्ने माध्यम हो, यसमा राज्यका तीनै निकायद्वारा व्यवसायलाई प्रोत्साहन र लगानी मैत्री वातावरण सिर्जना गर्नुपर्नेमा बस्यालले उद्घोष गरे । १३ बर्षको दौरानमा परिचयले गण्डकी प्रदेशको राजधानी पर्यटकीय सहर पोखराको मुटु पृथ्वीचोकमा गण्डकी प्रदेशकै सबैभन्दा ठूला एलइडी स्क्रिनबोर्ड स्थापना र सञ्चालन गरेको पनि उनले बताए ।
हामी डिजिटल दुनियाँमा गरिने पत्रकारिताको मर्मलाई आत्मसात गर्नेछौं । ठूला कुराभन्दा सानो काम सुरु गरेर त्यसलाई निरन्तरता दिनुले नै सफलता प्राप्त हुन्छ भन्ने कुरामा हामी ढुक्क छौं, बस्यालले भने।
सञ्चालक बस्यालले आफ्नो समस्त सेवाग्राही, सरकारी तथा गैरसरकारी संघसंस्था, नियोग लगायत विज्ञापनदाता, पाठक दर्शक सबैमा अझ् परिष्कृत चुस्तदुरुस्त सेवा प्रवाह गर्न कटिवद्ध रहने पनि बताएका छन् ।
सबैको सद्भाव, सहकार्य र सहसम्बन्ध नै हाम्रो कार्यसम्पादनको उर्जा हो, यसलाई निरन्तरतामा रूपान्तरण गर्ने वाचा बस्यालले गरेका छन् ।
समस्त शुभचिन्तक र विज्ञापनदाताबाट विगतमा झै समसाथ पाउने अटल विश्वास राख्छौं । तेह्रौं वार्षिक उत्सवको यो अवसरमा सबैलाई हार्दिक बधाई साथमा शुभकामना व्यक्त गर्दे सञ्चालक बस्यालले बिज्ञापन क्षेत्रबाट नै देशको बिकास गर्नसक्ने बिश्वास व्यक्त गरे।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिको जोखिमलाई ध्यानमा राख्दै पोखरा महानगरपालिकाले…






