१२ वर्षिया बालिका मृत अवस्थामा फेला


     एभरेस्ट आवाज    
     पौष ९ गते २०७७ मा प्रकाशित




तस्विर : कल्पना रानाभाटको फेसबुकबाट

स्याङजा । स्याङजामा एक बालिका मृत फेला परेकी छन् ।
जिल्लाको फेदीखोला गाउँपालिका- १ सर्केटारी बस्दै आएकी १२ वर्षिया सन्ध्या सारु आज मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

बुधबार बिहानबाट बेपत्ता भएकी उनलाई खोजी गर्ने क्रममा उनी बस्दै आएको घरबाट १५० मिटर माथी पानी ट्याङ्कीमा मृत अवस्थामा आज फेला पारेको प्रहरीले जानकारी दिएको छ । उनलाई स्थानियले खोजी गर्ने क्रममा फेला पारेका पछि प्रहरीलाई खबर गरेका थिए ।

बुवा आमाको ठेगना खुल्न नसकेकी उनलाई ६ ७ बर्षदेखी स्थानिय अर्जुनकुमार गुरुङले पाल्दै आएका थिए ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सारु फेदीखोलास्थित सिद्धार्थ माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।