कांग्रेसको आगामी बैठक पुस १९ गते


     रासस    
     पौष १० गते २०७७ मा प्रकाशित




फाइल तस्विर

काठमाण्डौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आगामी बैठक यही पुस १९ गते बस्ने भएको छ ।
मुलुकको पछिल्लो राजनीतिक घट्नाक्रमका विषयमा छलफल गर्न पुस ७ गतेदेखि जारी आजको बैठकले पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रम पश्चात केन्द्रीय समितिको बैठक पुस १९ गते पुनःबस्ने निर्णय गरेको हो ।

आजको बैठक संसद् विघटनका विरुद्धमा पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा पार्टीले गर्ने प्रदर्शनमा केन्द्रीत रहेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा आज केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, डा मिनेन्द्र रिजाल, शङ्कर भण्डारी, देवेन्द्रराज कँडेल, रमेश लेखक, सरिता प्रसाई र कल्पना चौधरीले आ–आफ्नो धारणा राखेका थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।