प्रचण्ड–माधवलाई खगराजको आग्रह : नेता अझै मान्छौं, तर सुध्रिनुस


     एभरेस्ट आवाज    
     पौष १० गते २०७७ मा प्रकाशित




नेकपा ओली समूहका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद खगराज अधिकारीले प्रचण्ड र माधव नेपाललाई अझै नेता मान्न सकिने बताएका छन् । युवा संघ गण्डकी प्रदेशले शुक्रबार पोखरामा आयोजना गरेको बृहद युवा भेलालाई सम्बोधन गर्दै उनले भने,‘हामी अझै तपाईंहरुलाई नेता मान्छौं, तर सुध्रिनुस् ।’

ओली पक्षीय नेता अधिकारीले संसद पुर्नस्थापनाको कुनै गुञ्जायस नभएको दाबी गरे । संविधान अनुसारै दुई तिहाई जनमत प्राप्त प्रधानमन्त्रीले फ्रेस म्याण्डेट लिनका लागि चुनावमा गएकाले अब संसद पुर्नस्थापनाको निर्णय नहुने उनको भनाई थियो । उनले अविस्वासको प्रस्ताव दर्ता गर्नका लागि सभामुखले किर्ते गरेकोसमेत आरोप लगाए । अपराह्न ३ः३० बजे दर्ता भएको प्रस्तावलाई पूर्वाह्न १०ः३० नै दर्ता भएको भनेर सभामुखले हस्ताक्षर गरेर किर्ते गर्न खोजेको उनको आरोप थियो ।

नेता अधिकारीले अझैपनि धेरै निहुँ खोजे प्रदेश र स्थानिय तहपनि खारेज हुनसक्ने चेतावनी दिए । अझै निहुँ खोजिरहे नया जनादेशका लागि थप कदमपनि चाल्न सक्नुहुन्छ प्रधानमन्त्रीले,उनले भने,‘हामी सबै तहको फ्रेस म्याण्डेट लिन तयार छौं, त्यस्तो निर्णयपनि हुनसक्छ ।’ उनले आगामी चुनावमा आफूहरुले गण्डकी प्रदेशका १८ वटा निर्वाचन क्षेत्र मध्ये सबै क्षेत्र जित्ने दाबी गरे । ‘दुई संगठन मिलेर १६ वटा निर्वाचन क्षेत्र जितेपनि अबको चुनावमो सबै जित्छौं’–उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।