म्याग्दीका ६ स्थानीय तहमा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा पुगेको छ।
म्याग्दीको बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा फोरजी सेवा विस्तार गरिएको हो।
देशका सबै जिल्लामा इन्टरनेटको फोरजी सेवा उपलब्ध गराउने सरकारको नीतिअनुसार फोरजी सेवालाई अगाडि बढाइएको म्याग्दीको टेलिकम कार्यालयले जनाएको छ।
टेलिकमका अनुसार विद्युतीकरण नभएको ठाउँमा टेलिकमले आफ्नो संरचना निर्माण गरिरहेको हुँदा विद्युत सेवा संचालनमा आउनेबित्तिकै टेलिकमको फोरजी इन्टरनेट सेवा संचालन गरिने तयारी भैरहेको छ।
इन्टरनेटको चौथो पुस्ता अर्थात् फोरजी सेवा जिल्लाको सबै स्थानीय तहमा पुगेको टेलिकमले दाबी गरेको भएपनि धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा भने विद्युतीकरण पुगिनसकेको हुँदा संचालन भएको छैन।
यसैबीच, चालु आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि मंसीर मसान्तसम्म म्याग्दी जिल्लामा ‘फाइरबर टु दि होम’ (एफटीटीएच) का १ सय ९५ जना र ल्याण्डलाइन टेलिफोन अर्थात् भ्वाइस प्याकका ५१ जना नयाँ ग्राहकहरु थपिएका छन्।
गत आर्थिक वर्षको असार मसान्तसम्म जिल्लाको कुल ९० हजार ३१ जना अर्थात् ८० प्रतिशत जनसंख्या संचार सेवाको पहुँचमा पुगेको तथ्यांक छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा जुवा (कौडा) खेल्ने र खेलाउने गरी ७ जना पक्राउ परेका छन्…







