प्रदेश १ मापनि अविस्वासको प्रस्ताव दर्ता


     एभरेस्ट आवाज    
     पौष १२ गते २०७७ मा प्रकाशित




नेकपामा आएको विभाजनसँगै प्रदेश १ मापनि त्यसको असर देखिएको छ । विभाजनको प्रभाव स्वरुप प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आईतबार अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेश १ मा नेकपा प्रचण्ड–माधव समूहले प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । अविस्वास प्रस्तावमा ३७ सांसदको हस्ताक्षर छ । हालका मुख्यमन्त्री शेरधन राई ओली पक्षीय हुन् ।
अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो रहेका छन् भने समर्थकमा तेह्रथुमका सांसद लक्ष्मण तिवारी रहेका छन् । अविस्वास प्रस्तावमा ३७ जनाको हस्ताक्षर रहे पनि प्रचण्ड–माधव नेपाल समूहका थप सांसदले हस्ताक्षर गर्न छुटेको दाबी गरिएको छ ।
प्रदेश १ मा ९३ सांसद छन् । तीमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिएका छन् । प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद छन् भने मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।