नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल (सुनिल)ले प्रधानमन्त्री केपी शर्मा ओली असहिष्णु र बुर्जुवा भएको आरोप लगाएका छन् । नेकपा प्रचण्ड–माधव समूहको कास्की जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेलालाई आईतबार पोखरामा सम्बोधन गर्दै उनले नेकपाका अध्यक्षसमेत रहेका ओलीमा बुर्जुवा दृष्टिकोण रहेको आरोप लगाएका हुन् । ओलीमा बुर्जुवा दृष्टिकोण छ, उनले भने,‘उनी वर्गिय पक्षधरता होईनन्, बरु पुँजीवादीको संरक्षणकर्ता हुन् ।’ ओलीमा आलोचनात्मक चेतसमेत नरहेको र असहिष्णुपनि रहेकाआरोप लगाउँदै उनले अगाडि थपे,‘ओलीलाई २५ वर्ष अगाडि कसैले उनीबिरुद्ध कुरा गरेको रहेछ भने अहिले आएर सिध्याउने रहेछन् ।’ ओलीले अहिले माधव नेपाल, झलनाथ खनाललगायतलाई त्यहि रिस फेरिरहेको उनको आरोप थियो ।
नेता पौडेलले ओलीले देश र पार्टीलाई भड्खालोमा हालेको आरोप लगाए । ‘उहाँले आफ्नो स्वार्थ पूरा गर्न विदेशीको गोटी बनेर देश र पार्टीलाई भड्खालोमा हाल्नुभयो’–उनले भने । पौडेलले ओली पहिलेको अञ्चालाधीसजस्तै भएको टिप्पणी गरे । पहिले पहिले अञ्चलाधीस सर्वैसर्वा हुन्थ्यो र अरु कसैले भनेको टेर्दैनथ्यो,उनले भने,‘अहिले ओलीपनि त्यसै गर्दैछन्, ओलीले अञ्चलाधीसकै पदचाप पछ्याएका छन् ।’ ओलीले जनताप्रति गरेको बाचा र प्रतिबद्धताप्रति बेईमानी गरेको उनको भनाई छ । चुनावताका सुखी नेपाली, समृद्ध नेपाललगायतका बाचाबाट ओली भागेर भ्रष्टाचारमा चुर्लुम्म डुबेको उनले आरोप लगाए । यति होल्डिङ, सुन काण्ड, वाईडवडीदेखि बुढीगण्डकीलगायतका काण्ड मच्चाएर ओलीले देश लुटिरहेको उनको आरोप छ ।
नेता पौडेलले ओली समूहले चुनाव भए एउटा वडामापनि चुनाव नजित्ने दाबी गरे । उहाँ चुनाव गराउने पक्षमै हुनुहुन्न,उनले भने,‘यदी निश्पक्ष चुनाव भए उहाँहरुले एउटा वडामापनि जित्नु हुन्न ।’ उनले अहिले ओली पक्षकाले धम्क्याउनसमेत थालेको आरोप लगाए । मलाई अस्ति ओली पक्षका आएर धम्क्याउनु भो,उनले अगाडि भने,‘तपाईंले ग्रामिण पोलिटिक्स नै गर्ने होला । हेरौंला कसरी गर्नुहुँदो रहेछ भन्नुभो ।’ उनले ओली पक्षकाले बाटो ढुक्ने, तर्साउने, धम्क्याउने गर्नसक्ने भन्दै उनले त्यसको अगाडि नडराई क्रान्तिको विगुल फुक्न गाउँगाउँ आफूहरु पुग्ने बताए ।
नेकपाका केन्द्रीय सदस्य तुलबहादुर गुरुङले ओलीको अहमता र अधिनायकवादबिरुद्ध डटेर सामना गर्न कार्यकर्तालाई निर्देशन दिए ।
नेकपाका केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङले संसद विघटन गरेर ओलीले संवैधानिक ‘कु’ गर्न खोजेपनि त्यसलाई असफल बनाएरै छाड्ने उद्घोष गरे ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्यद्वय चुडामणी जंगली र सीता गिरी ओली, कास्की सचिव बखानसिंह गुरुङ, धनराज आचार्यलगायतलेपनि बोलेका थिए ।
नेकपा प्रचण्ड–ओली समूहको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल (सुनिल) । तस्बिर ः सन्देश÷नागरिक
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







