पर्वत । नेपाल कम्यूनिष्ट पार्टी नेकपा पर्वतको अगुवा कार्यकर्ता भेला आईतबार कुस्मामा सम्पन्न भएको छ ।
भेलाले प्रतिनिधिसभा विघटनको असंवैधानिक घोषणा खारेज र जनताको मताधिकार सम्मानको लागि संसद पुनःस्थापना गर्नुपर्ने मागसहित नेकपा पर्वतले जिल्ला भेला गरेको हो । भेलामा ८१ जना जिल्ला कमिटी सदस्यहरुको उपस्थिति थियो ।
भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य गुप्त बहादुर हमाल ठकुरीले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वेच्छाचारी ढंगले चालेको कदमको जति नै भर्सना गरेपनि कम हुने बताए । उनले केपी शर्मा ओली निरंकुताको मतियार रहेको बताए ।
कार्यक्रममा नेकपा अनुशासन आयोगका पूर्व केन्द्रीय सदस्य गणेश शर्मा पौडेलले ओलीले म नै राज्य हो भन्ने सोचेर चालेको कदम जनता माथिको विश्वसघात भएको बताए । पौडेलले जनताको मतलाई प्रधानमन्त्री ओलीले अपमान गरेको बताउँदै निरंकुशताका बिरुद्ध सशक्त रुपमा प्रतिबाद गर्न र संबिधान बचाउन आव्हान गरे ।
भेलामा बोल्दै प्रदेश कमिटिका सदस्य मोति पौडेलले केपी ओलीले चालेको कदम पूर्ण रुपमा असंबैधानिक, प्रतिगामी र निरंकुश उन्मुख भएकाले प्रतिनिधी सभा पूर्नस्थापित गर्नुपर्नेमा जोड दिनुभयो । भेलामा नेकपाका नेता कृष्ण प्रसाद पराजुली, प्रदेश कमिटि सदस्य केशब कुँवर, मनरुपा सुबेदी, जेष्ठ कम्यूनिष्ट मन्चका पूर्व सदस्य तोयनाथ चालिसे, नेकपाका नेता उदय सुबेदी लगायतले सम्बोधन गरेका थिए ।
नेकपा पर्वतका सचिब सुदिप कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन, कार्यालय सदस्य भक्त कुँवर र स्वागत कार्यालय सदस्य पदमपाणी शर्माले गरेका थिए ।
भेलाले ५ बुँदे प्रस्ताब पारित गर्दैै आगामी पुस १४ गते जिल्लामा बिरोध कार्यक्रम सम्पन्न गर्ने भएको सचिबालय सदस्य खुम सुबेदीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







