निरामयाः डायग्नोष्टिक्सद्वारा एक सय बढीको निःशूल्क स्वास्थ्य परीक्षण


     एभरेस्ट आवाज    
     असार २६ गते २०८० मा प्रकाशित




पोखरा । पोखराको निरामयाः डायग्नोष्टिक्सले आयोजना गरेको निःशूल्क स्वास्थ्य शिविरमा एक सय जना बढीले सेवा लिएका छन् । आइतबार पोखराको महेन्द्रपुलमा आयोजित शिविरमा एक सय जना बढीले निःशूल्क सेवा लिएको निरामयाः डायग्नोष्टिक्स पोखराका प्रमुख आशिष ध्वजुले जानकारी दिए ।

शिविरमा सुगर र कोलस्टोरसम्बन्धी निःशूल्क जाँच गरिएको थियो भने थाइराईड, भिटामिन ‘डी’ लगायतका परीक्षणमा ५० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको थियो ।

पोखराको महेन्द्रपुल, बास्तोलाथरमा अवस्थित निरामयाःले यसअघि सञ्चालन गरेको शिविरलाई निरन्तरता दिँदै महेन्द्रपुलमा सो कार्यक्रम गरेको उनले बताए । यस्का साथै संस्थाले ६० वर्ष माथिका नागरिकको सुगर लगायतका परीक्षण निःशूल्क गर्नुका साथै अन्य परीक्षणमा विशेष छुट दिइरहेको उनको भनाई छ ।

यस्तै डायग्नोष्टिक्सले असार ३० गतेसम्म जुनसुकै उमेर समुहका सेवाग्राहीको निःशूल्क रगत परीक्षण गर्नुका साथै अन्य परीक्षणमा ३५ प्रतिशतमा छुटको व्यवस्था गरेको उनले बताए ।

निरामयाः ले अनुभवी प्याथोलोजिष्टहरुद्वारा प्रमाणित गरेरमात्रै परीक्षण रिपोर्ट दिने भएकाले आफुहरुको रिपोर्ट भरपर्दो हुने गरेको प्रमुख ध्वजुको दाबी छ ।

४ वर्षअघि काठमाण्डौंको बानेस्वर स्थापना भएको निरामयाः को पोखरा शाखा सातौं हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।