नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मंगलबार पोखरामा प्रदर्शन गर्ने भएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबिरुद्ध नेकपाको संस्थापन पक्षले मंगलबार पोखरामा प्रदर्शन गर्न लागेको हो ।
नेकपा कास्कीको अगुवाईमा हुने प्रदर्शन चिप्लेढुंगा मानव अधिकारचोकबाट शुरु भई महेन्द्रपुल, नयाबजारहुँदै पृथ्वीचोकमा पुगेर सभामा परिणत हुने नेकपा कास्कीका ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले जानकारी दिए । उनका अनुसार प्रदर्शनमा सहभागिहरुले प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदमबिरुद्ध संघर्ष गरौं, प्रतिगामी षडयन्त्र असफल पारौं, प्रतिगामी षडयन्त्र मुर्दावाद, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको रक्षा गरौं, भारतीय सेना लिम्पीयाधुरा छोड, उखु किसानका माग पूरा गर, पार्टी एकता जिन्दावा, समाजवाद जिन्दावाद, समाजवाद उन्मुख जनताको जनवाद जिन्दावादलगायतका नाराहरु लगाउनुका साथै प्लेकार्ड र व्यानर प्रदर्शन गरिनेछ ।
सभालाई नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे (उत्तम), केन्द्रीय सदस्य तुलबहादुर गुरुङ, केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङ (करण)लगायतले सम्बोधन गर्ने नेकपा कास्कीका सचिव बखानसिंह गुरुङ (आभास)ले जानकारी दिए ।
यसैबीच, नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे (उत्तम)ले प्रधानमन्त्रीको प्रतिगामी कदमबिरुद्ध आयोजना हुने प्रदर्शनमा सहभागि हुन अपिल गरेका छन् ।
त्यस्तै, नेकपा केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले पनि संसद विघटन गर्ने असंवैधानिक कदमको बिरुद्ध ऐक्यबद्धता जनाउँदै प्रदर्शनमा सहभागि हुन आग्रह गरेका छन् ।
नेकपा केन्द्रीय सदस्य सीता गिरी ओलीले ओलीको असंवैधानिक कदमले देश बर्बादीतर्फ उन्मुख भएकाले सो कदम सच्याउनका लागि दवाब दिन आयोजित प्रदर्शनमा सहभागि हुन आह्वान गरेकी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लेखनाथ, २७ जेठ । बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा बुधबार आयोजित छैटौं…







