पोखरा उद्योग वाणिज्य संघको नया नेतृत्वका लागि नारायण कोईरालाले प्यानल घोषणा गरेका छन् । संघका वर्तमान बरिष्ठ उपाध्यक्ष कोईरालाले सोमबार अपराह्न पत्रकार सम्मेलन गर्दै प्यानल घोषणा गरेका हुन् । संघको अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका कोईरालाको प्यानलमा बरिष्ठ उपाध्यक्षमा पवन प्रजापति रहेका छन् । उनी हाल वाणिज्य तर्फका उपाध्यक्ष हुन् ।

संघको वाणिज्यतर्फको उपाध्यक्षमा वर्तमान महासचिव अर्जुन पोखरेल रहेका छन् भने उद्योगतर्फको उपाध्यक्षमा वर्तमान उपमहासचिव चिनुकुमारी गुरुङ रहेकी छन् । त्यस्तै महमासचिवमा वर्तमान कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे रहेका छन् । संघको उपमहासचिवमा कोईराला प्यानलबाट वर्तमान सदस्य केशवबहादुर खत्री र कोषाध्यक्षमा वर्तमान सदस्य बलराम आचार्य रहेका छन् ।
संघको सदस्यका लागि कोईराला प्यानलबाट कुमारी मुना बास्तोला, दीनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी, सुदनबहादुर कोइराला रहेका छन् । यसैगरी एशोसियट सदस्यमा कोइराला प्यानलबाट हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज)ले उम्मेद्वारी घोषणा गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्की प्रहरीले संचालन गरेको ‘अपरेसन सभ्यता’ अभियान अन्र्तगत हालसम्म ९६ जनालाई कारबाही…







