भारतले प्याज निर्यातमा लगाउँदै आएको प्रतिबन्ध खुलाउने भएको छ ।
सन् २०२१ को पहिलो दिन (१७ पुस) बाटै भारतले प्याज निर्यात खुलाउने निर्णय भएको हो।
यो निर्णयसँगै नेपालसहित प्याज आयातका लागि भारतसँग निर्भर रहेका दक्षिण एसियाली राष्ट्रका उपभोक्तालाई खुसी मिलेको छ।
भारतले तीन महिनाअघि प्याज उत्पादन घटेको र आन्तरिक खपतमै उपयोग गर्ने नीति लिएर निर्यात रोकेको थियो। सोही कारण नेपालमा प्याजको भाउ अकासिएको थियो। नेपाल प्याजमा ९० प्रतिशतभन्दा बढी परनिर्भर छ। यसमध्ये चीनबाट करिब ५ प्रतिशत मात्र प्याज आयात हुने गरेको छ। बाँकी प्याजका लागि भारतमै निर्भर हुनुपर्ने बाध्यता छ।
भारतले प्याजमा प्रतिबन्ध लगाएपछि सुरुका केही दिनमा प्याज अभाव भई बजार मूल्य अकासिएको थियो। तर, पछि व्यवसायीले विभिन्न बजारबाट खरिद गरी भारतीय बजारबाटै प्याज भिœयाइरहेका छन्। अहिले सरकारले निर्यात खुला गर्ने घोषणा गरेपछि आयात गर्न थप सहज हुने व्यवसायीको भनाई छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







