४५ वर्षको प्रयासपछि चिनियाँ अन्तरिक्ष यानले चन्द्रमाको माटोको नमुना पृथ्वीमा सफलतापूर्वक ल्याएको छ।
अन्तरिक्ष यान चांग ई–५ प्रोब सफलतापूर्वक पृथ्वीमा १७३१ ग्राम माटोको नमुना लिएर फर्किएको हो।
चन्द्रमाको सतहको माटाको नमुना रिसर्च टोलीलाई सुम्पिएको चिनियाँ अन्तरिक्ष एजेन्सीले जनाएको छ। वैज्ञानिकहरु यसको परीक्षणमा जुटेका छन्। यद्यपि, चन्द्रमाबाट माटोको नमुना यो भन्दा पहिले पनि पृथ्वीमा ल्याइ सकिएको छ।
यो अन्तरिक्ष यान मंगोलिया स्वायत्त क्षेत्रमा अवतरण भएको हो। चन्द्रमाको सतहमा पुग्ने यो तेस्रो यान हो। यो भन्दा पहिले पठाइएको चांग ई–४ चन्द्रमाको सुदुरवर्ती क्षेत्रमा पुग्ने पहिलो यान थियो। चीनको चांग ई–५ मिशनलाई २००४ मा सुरु गरिएको थियो।
एजेन्सी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३० गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ प्रतिशत…





