पोखरा । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम आजबाट खुल्ला भएको यातायत व्यवस्था विभागले जनाएको छ ।
विश्वव्यापी माहामरीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण बन्द भएको अनलाइन फारम आजबाट खुल्ला गरिएको विभागका प्रवक्ता डा. लोकानाथ भुषालले जानकारी दिए ।
गत चैत १० गतेको मन्त्रीपरिषद्को निर्णयअनुसार कोरोना भाइरस कोभिड–१९ का कारण चैत ११ गतेबाट बन्द भएको लाइसेन्स)को अनलाइन फारम १० महिनापछि आजबाट खुल्ला गरिएको हो ।
साथै विभागले स्वास्थ्य मापदण्ड पालनामा भने ध्यान दिन सबैलाई आग्रह गरेको छ ।
अनलाइन आवेदन विभागको वेबसाइटमा गएर भर्न सकिने छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







