प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा आज (मंगलबार)बाट समूह बीका खेलहरु सुरु हुदैछन्।
दाङको लमहीमा जारी प्रतियोगितामा आज (मंगलबार) समुह ‘बी’ अन्तर्गत दुई खेल हुनेछन्। पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले गण्डकीसंग खेल्नेछ। गण्डकी र सुदूरपश्चिमबीचको खेल बिहान ९ बजे सुरु हुनेछ। दुवै टिम सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन्।
यस्तै, दोस्रो खेलमा बागमती प्रदेशले प्रदेश १ विरुद्ध खेल्नेछ। बागमती र प्रदेश १ बीचको खेल दिउँसो १ बजे सुरु हुनेछ।
यसअघि, समुह ‘ए’ बाट विभागीय टिम एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल प्रवेश गरिसकेका छन्। एपीएफ समुह विजेता तथा लुम्बिनी उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन्।
समुह ‘बी’को विजेताले लुम्बिनी र उपविजेताले एपीएफसंग सेमिफाइनल खेल्ने छन्।
समुह ‘ए’ मा एपीएफ, प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन्। प्रदेश २ र कर्णाली प्रदेश भने प्रतियोगिताबाट बाहिरिएका छन् ।
यस्तै, समुह ‘बी’मा सुदुरपश्चिम प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







