प्रधानमन्त्री कप (पीएम कप) राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विभागिय टिम एपीएफ समुह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ।
लुम्बिनी प्रदेशलाई ६१ रनले पराजित गर्दै एपीएफ समुह विजेता बनेको हो। १ सय २३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ७ विकेट गुमाएर मात्र ६१ रन बनाउन सक्यो।
लुम्बिनीकी लक्ष्मी चौधरीले सर्वाधिक ११ रन तथा सरस्वती पुनले अविजित १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्नै सकेनन्।
एपीएफको जितमा करुणा भण्डारीले ३ विकेट लिइन्। यस्तै, रेखा रावल र सोनु खड्काले समान १÷१ विकेट हात पारे।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय २२ रन बनायो।
उसका विकेटकिपर ज्योती पाण्डेले सर्वाधिक ४९ रन बनाइन्। ५४ बल खेल्दै १ चौका प्रहार गरेकी पाण्डे नेरी थापाको बलमा बोल्ड हुँदा अर्धशतकबाट चुकिन्।
एपीएफकी इन्दु वर्माले २८, राजमती ऐरीले ११ तथा सरिता मगरले १० रनको योगदान दिए।
लुम्बिनीको कप्तान नेरी थापाले २ विकेट हात पारिन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







