नेपालको इतिहासमै पहिलो पटक विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले एएफसी फुटबल खेल्ने भएको छ।
नेपालको त्रिभुवन आर्मी क्लबले एसियाली फुटबल संघ (एएफसी) बाट क्लब लाइसेन्स प्राप्त गरेसँगै एएफसी फुटबल खेल्ने अवसर पाएको हो।
त्रिभुवन आर्मी क्लब एएफसी क्लब लाइसेन्स पाउने नेपालको पहिलो र एकमात्र क्लब समेत बनेको छ।
अखिल नेपाल फुटबल संघको अपिल समितिले एएफसीलाई अपिल गरेपछि आर्मीले क्लब लाइसेन्स पाएको हो। अब, आर्मीले एएफसीले आयोजना गर्ने क्लब प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्नेछ।
केही समयअघि तोकेको मापदण्ड नपुगेको भन्दै एएफसीको लाइसेन्सिङ हेर्ने निकाय फस्ट स्ट्यान्ड बडीले एन्फाले क्लब लाइसेन्सिङका लागि सिफारिस गरेका ‘ए’ डिभिजन लिग खेल्ने १३ क्लबहरूको आवेदन खारेज गरेको थियो।
आर्मीले छुट्टै फुटबल क्लब दर्ता गरेर पुनः आवेदन दिएपछि अपिल समितिले पुनर्विचार गर्दै पुनः एएफसीमा सिफारिस गरेको थियो।
एएफसीले क्लब लाइसेन्स प्राप्त गर्न, आफ्नै खेल मैदान हुनुपर्ने, सिनियर टिममा प्रशिक्षक नियुक्त हुनुपर्ने, क्लबले अन्य कर्मचारी पनि नियुक्त गर्नुपर्ने, युवा टिम तथा एकेडेमी हुनुपर्ने, आर्थिक पारदर्शिता, खेलाडीसँग लिखित सम्झौता हुनुपर्ने कानुनी प्रक्रिया लगायत १८ बुँदे मापदण्ड तोकेको थियो।
आर्मीको यो सफलताले अन्य क्लबहरूलाई पनि लाइसेन्सको बाटो खुलेको एन्फाले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







