पोखरा । पोखरा स्थित बिष्णुपादुका उच्च मा.बि हेमजामा १० हजार लिटरको खानेपानी टंकीको उद्घाटन गरिएको छ ।
लायन्स क्लब पोखरा अन्नपूर्णको आयोजनामा टंकीको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ जे का प्रथम डिष्ट्रिक गर्भनर मिलन थापाले उद्धघाटन गरेका हुन् ।
टंकी निर्माणका लागि हजेली एकडेमी यु.के.का २३ जना बिद्यार्थीहरुले खाजाको रकम कटाएर रु २ लाखको सहयोग गरेका थिए ।
प्रमुख अतिथी थापाले “जहाँ आवश्यकता त्यहा लायन्सको उपस्थित र मानवीय सेवाको लागी संसार भरका लायन्स क्लबले हामी सेवा गर्छौ” भन्ने नाराका लिएको लायन्स क्लवले बिद्यालयलाई आवश्यक शुद्ध खानेपानीको पहुँच पु¥याउन सकेकोमा खुसि व्यक्त गरे ।
खानेपानी परियोजनाका निर्देशक सोनाम साङपोले पोखराका ४२ वटा सामुदायिक बिद्यालयलाई रु २ लाखको दर सहयोग गरेको र थप सराङकोट, आर्वा बिजय बिद्यालयमा पनि खानेपानी टंकी निर्माणधिन अवस्थामा रहेको जानकारी दिए ।
त्यसै गरि बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर नेपालीले यस विद्यालयलाई छनोट गरी खानेपानीको सहुँचमा पु¥याएकोमा खुशि ब्यक्त गरे ।
जोन चियरपर्सन सुजन श्रेष्ठले शुद्ध खानेपानी जस्तो उत्तम कार्य उपलब्ध गरेर क्लबले राम्रो काम गरेको बताए । कार्यक्रममा बिद्यालय प्रधान अध्यापक दिपक राज पौडेल,डिष्ट्रिक वरिष्ठ एडभाईजर रुद्र घले ,पूर्व अध्यक्ष दिनेश तुलाचन, लायन्स क्लब हेमजाका अध्यक्ष सन्तमान श्रेष्ठ, लायन्स क्लब अन्नपूर्ण नाइसका अध्यक्ष तिर्थ श्रेष्ठ लगाएतले धारणा व्यक्त गरेका थिए ।
लायन्स क्लब अन्नपूर्णका अध्यक्ष बिष्णुकुमार गुरुङको सभापतित्वमा भएको कार्यक्रम प्रथम उपाध्यक्ष गणेश छबिको स्वागत तथा सचिव दुर्गा जोजिजुले सञ्चालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







