पोखरा उद्योग वाणिज्य संघको अध्यक्षको उम्मेदवार विन्दु कोईराला सुवेदीलेपनि प्यानल घोषणा गरेकी छन् । वर्तमान उद्योग तर्फकी उपाध्यक्ष सुवेदीले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी अध्यक्षमा आफ्नो उमेदवारीसहित प्यानल घोषणा गरेकी हुन् । यसअघी बरिष्ठ उपाध्यक्ष नारायण कोईरालाले अध्यक्षमा आफूसहित प्यानल घोषणा गरिसकेका छन् ।
स्वतन्त्र प्यानल नाम दिइएको विन्दु प्यानलको वाणिज्यतर्फको उपाध्यक्षमा सोवित पौडेल, महासचिवमा धनीराम बराल, कोषाध्यक्षमा तारानाथ ढुंगाना, उपमहासचिवमा धर्मराज बर्तौला रहेका छन् । यस प्यानलबाट बरिष्ठ उपाध्यक्ष र उद्योग तर्फको उपाध्यक्षमा उमेदवारी दिइएको छैन । बरिष्ठ उपाध्यक्षमा नारायण कोईराला प्यानलका पवन प्रजापतिलाई नै समर्थन गर्दै उमेदवारी नदिइएको विन्दु प्यानलले जनाएको छ । उद्योग तर्फको उपाध्यक्षमा पहिले नै २ जनाको उमेदवारी परिसकेकाले सो पदमा पनि उमेदवारी नदिएको सो प्यानलले जनाएको छ ।
विन्दु प्यानलबाट सदस्यमा पवित्रा गुरुङ, विनोद केसी, रामप्रसाद गौतम, उत्तम सेवक कार्कीले उमेदवारी दिएका छन् । १० खुल्ला सदस्यमा ४ जनाको मात्रै उमेदवारी रहेको छ भने वस्तुगत र एशोसियट सदस्यतर्फ भने यो प्यानलबाट उमेदवारी घोषणा भएको छैन ।
विन्दुले चुनाव जितेर अध्यक्ष भईन् भने उनी पोखरा उद्योग वाणिज्य संघको पहिलो महिला अध्यक्ष हुनेछिन् । संघमा हालसम्म महिला अध्यक्ष भएका छैनन् । यसअघी हिरा भट्टराईले अध्यक्षमा उमेदवारी दिएपनि पराजित भएकी थिईन् । संघको अध्यक्षमा उमेदवारी दिएकी सुवेदीले १४ वर्ष संघमा बिताईसकेकी छन् । उनी कार्यकारिणी सदस्य, उपाध्यक्षहुँदै अध्यक्षको प्रत्यासी बनेकी हुन् ।
अध्यक्षका प्रत्यासी विन्दु कोईराला सुवेदीले महिलापनि नेतृत्वका लागि सक्षम छ भन्ने उदाहरण प्रस्तुत गर्नका लागि पनि आफू उमेदवार भएको बताईन् । महिला कसैले दिएको माछा खान मात्र नभई आफै माछा मारेर भोजन निर्माण गर्नसक्छ भन्ने पुष्टि गर्नपनि आफ्नो उमेदवारी भएको उनको भनाई छ ।
सुवेदी प्यानलले मौद्रिक नीतिले ल्याएको व्यवसायी पुनरुत्थान कोष कार्यान्वयन, महिला तथा उद्यमी स्वरोजगार लक्षित कार्यक्रमहरुलाई प्राथथमिकता दिने, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको आधुनिकीकरणमा विशेष पहल गर्ने, कोडि–१९ का कारण थला परेको व्यवसायीक पीडालाई मल्हम लगाउन विशेष योजना निर्माणसहित सरकार तथा बैंकहरुसँग सहकार्य गर्ने, घरघरमा संघ भन्ने अवधारणालाई अवलम्वन गर्दै सबै व्यवसायीहरुका समस्या समाधान र गुनासोका लागि प्रविधिमैत्री वातावरण सृजना गर्ने, फुटपाथ र पार्किङ व्यवस्थित गर्न आवश्यकीय स्थानको पहिचानसहित सरोकारवालासँग समन्वयन गर्नेलगायतका एजेण्डा उठाएको छ ।
त्यस्तै सुवेदी प्यानलले साना, मझौला तथा ठूला उद्योगी व्यवसायीहरुमा प्रतिपष्पर्धी क्षमता विकास रगाउन तालिम, अध्ययन अवलोकन भ्रमण र गोष्ठी आयोजना गर्ने, केन्द्र, प्रदेश र जिल्ला नगर उद्योग वाणिज्य संघले व्यवसायीक हितका लागि अंगिकार गरेका कुराहरुलाई कार्यान्वयन गर्दै सम्ब्न्ध थप मजबुत बनाउनेलगायतका मुद्धाहरु उठाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







