भदौ १६ पोखरा । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समितिको आयेजनामा “असल श्रम समन्वय र श्रमिकका चुनौति”विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बरिष्ठ हाडजोर्नी विशेषज्ञय प्राध्यापक डा.ईश्वर शर्मा कडेल,बरिष्ठ बाल रोग विशेषज्ञय सह–प्राध्यापक डा शंकर पौडेल र संगठन ब्यवस्थापन एंवम् परिचालन प्रमुख हरि बहादुर बस्नेतले श्रमिकका समस्या र चुनौतीका समसामयिक विषयमा बोलेका थिए ।
कार्यक्रममा नेपाल स्वास्थकर्मी संघ गण्डकी मेडिकल, कलेज इकाई समीतिका अध्यक्ष दिपक कार्कीले श्रमीकका समस्या समाधान गर्न युनियन सधै तत्पर रहेको भन्दै संस्थाको प्रगती र विकासमा सधै इमान्दार एंवम् उतरदायी भएर कार्य क्षेत्रमा लाग्न आग्रह गरेका थिए ।
कायक्रममा कोषाध्याक्ष अमृत पौडेलले युनियनको वित्तिय विबरण बारे प्रकाश पारेका थिए । कार्यक्रममा युनियनमा बिशेष योगदान गर्ने वुद्दि वहादुर थापा,किशान परियार र सुर्य बहादुर कार्कीलाई सम्मान गरिएको थियो।
कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा सम्पन्न भएको अन्तरक्रियामा नेपाल स्वास्थकर्मी संघ गण्डकी मेडीकल कलेजको टोलीलाई मादी गाउँपालिका वडा नं ३ का जनप्रतिनिधि दिपा गुरूङ र छापा आमा समुहबाट स्वागत गरिएको यियो ।
नेपाल स्वास्थकर्मी संघ गण्डकी मेडिकल, कलेज इकाई समीतिका अध्यक्ष दिपक कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सल्लाहकार महेन्द्रराज कोईरालाले गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव राजन पोख्रेलले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको लेकसाइडस्थित होटल ल्याण्डमार्कले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ५४ यूनिट रगत संकलन…







