पोखरा । कास्की क्षेत्रनं १(१)का प्रदेश सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले नेपालीहरुका विभिन्न चाड पर्वहरुले एक आपसमा आत्मियता बढाउने काम गरेको बताएका छन् ।
पोखरा महानगर पालिका वडा नंं ३०, गगनगौडामा रहेको गणेश नेवाः खलले योमोरी पुन्हिको अबसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।
कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथि कोइरालाले अनेकतामा एकता नेपालको पहिचान भएको कुरामा जोड दिए । उनले हाम्रा चाडपर्व अनुसारका खानाले पनि शरिरलाई पौष्टिक आहार प्राप्त हुने हुदा नेपालीहरुको चाडपर्व बैज्ञानिक रुपमा पनि महत्वपूर्ण रहेको बताए ।
गणेश नेवाः खलाका अध्यक्ष दिपकराम ढेवाजुको सभापतित्वमा भएको सो कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष प्रेम लिगल, सल्लाहकार सनतकुमार श्रेष्ठ, संस्थाका पूर्व सचिव नरेशकुमार श्रेष्ठ लगायतले आ आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिवाट संस्थाको स्थापनाकाल देखि हाल सम्म संस्थालाई योगदान पु¥याएकाहरुलाई प्रमुख अतिथिले दोसल्ला ओढाई सम्मान गरेका थिए ।
सम्मानित हुनेहरुमा निवर्तमान अध्यक्ष प्रेम लिगल, तुलसी प्रसाद लिगल, नारायण कुमार श्रेष्ठ र मिसाःपुचका सम्पूर्ण सदस्यहरु रहेका छन् । संस्थाका पूर्व अध्यक्ष होमबहादुर श्रेष्ठले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन गणेश नेवाः खलका सचिव मंगलकाजी मानन्धरले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लमजुङ सदरमुकाम बेँसीशहरमा आगामी असोज १० गते आयोजना हुने ‘माया गुरुङ सांगीतिक…





