पोखरामा आज जयन्ती मेमोरियल ट्रस्ट र फिस्टेल लजले कोमागाने पार्कमा नि:शुल्क मुटु परीक्षण शिविर गर्ने


     एभरेस्ट आवाज    
     भाद्र २२ गते २०८० मा प्रकाशित




भदौ २० पोखरा । पोखरामा जयन्ती मेमोरियल ट्रस्ट र फिस्टेल लजको संयुक्त आयोजनामा आज शुक्रबार निःशूल्क मुटु परीक्षण शिविर हुने भएको छ । नेपाली नारीहरुको सांस्कृतिक पर्व हरितालिका तीजको अबसर पारेर आज पोखरा– ६ लेकसाइडस्थित कोमागाने पार्कमा निःशूल्क शिविर सञ्चालन हुन लागेको हो ।

बिहान ८ बजेबाट शुरु हुने शिविरमा मुटुसम्बन्धी इको, इसीजी र सुगर परीक्षण गरिने जयन्ती मेमोरियल ट्रस्ट पोखराका संयोजक सबिता मैनालीले जानकारी दिइन् । उनका अनुसार साँझ ५ बजेसम्म सञ्चालन गरिने शिबिरमा मुटु परीक्षण सहित परामर्श सेवा उपलव्ध गराइने छ ।

पोखरा महानगरपालिका वडा नम्वर ६ सँगको सहकार्यमा हुन लागेको शिविरलाई एभरेस्ट एफएम, क्वेस्ट फर्मासिटीकल्स प्रा लि र सिटीएलले सघाउने फिस्टेल लजका एसिस्टेन्ट जि एम अनिल श्रेष्ठले बताए । शिविरमा सहभागी भई निःशूल्क मुटु परीक्षण गराउन आयोजकले अनुरोध गरेको छ ।

जयन्ती स्मृति प्रतिष्ठानले पोखरास्थित फिस्टेल लजको आम्दानीबाट विपन्न मुटुरोगीको उपचार सहित निःशुल्क क्लिनिक, सचेतना कार्यक्रम, मुटुको भल्भ, एसके इन्जेक्सन लगायतका सेवा तथा सामग्री सहयोग गर्दै आइरहेको छ ।

जयन्ती मेमोरियल ट्रस्ट नेपालमा रहेका गरीब विपन्न तथा असहाय व्यक्तिको मुटु स्वास्थ्य उपचारमा सहयोग पुर्याउने सेवामुलक संस्था हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।